January 16, 2025, Thursday
२०८१ माघ ३, बिहीबार
एसिईईमा परिमार्जित ग्रेडको ब्यबस्था कस्तो छ?

एसिईईमा परिमार्जित ग्रेडको ब्यबस्था कस्तो छ?

साउन ०७, काठमाडौ। राष्ट्रिय परीक्षाा बोर्डले एसईई परिक्षाको नतिजा साउन १० गतेभित्र प्रकाशन गर्ने बताएको छ।

करिव ६ बर्ष देखि परिक्षा नियन्त्रक कार्यालयले परिक्षाको नतिजा ग्रेडिङ प्रणाली मार्फत प्रकाशन गर्दै आएको छ र बिचमा ग्रेड पद्धति परिवर्तन गर्दै पनि आएको छ।

यो बर्षपनि लेटर ग्रेडिङ्ग निर्देशिका २०७८ जारी भएकाले यो अघिल्ला बर्ष भन्दा फरक तरिका नतिजा सार्वजनिक हुनेछ।

यो बर्षदेखी दुई खाले नतिजा आउनेछ।

पहिलो: सबै विषयमा सैद्धान्तिक तर्फ न्युनतम D र आन्तरिक तर्फ न्युनतम C ग्रेड प्राप्त गर्ने विद्यार्थीले GPA सहितको ग्रेडसीट र प्रमाणपत्र पाउनेछन। यी विद्यार्थी माथिल्लो कक्षा ११ वा योग्यता अनुसारको कुनै प्राविधिक डिप्लोमा वा सो सरहको कुनै अग्रकक्षा पढन पाउनेछन अर्थात विगतको भाषामा यी पास हुन।

दोस्रो: एउटा वा सो भन्दा बढी विषयमा न्युनतम सैद्धान्तिक ग्रेड D नल्याएका अर्थात NG भएका विद्यार्थीले ग्रेडसीट पाउनेछन् तर प्रमाणपत्र पाउने छैनन, यस्ता विद्यार्थीलाइ सम्बन्धित तह/कक्षा पूरा गरेको मानिनेछ पेशागत र प्राविधिक शिक्षा (eg. Pre-diploma) पढन पाउनेछन, अग्र कक्षा/तह पढन पाउने छैनन।

* बढिमा कुनै २ विषयमा न्युनतम सैद्धान्तिकमा D र आन्तरिकमा C नपाउने विद्यार्थीले ३ पटक सम्म ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन।

* यदि २ भन्दा बढिमा न्युनतम ग्रेड नआएमा कि कक्षा १० दोहोर्‍याएर पढनुपर्ने हुन्छ कि अर्को बर्ष सबै विषयको परीक्षा दिनुपर्ने हुन्छ।