दुबइ, साउदी, कतार, मलेसिया लगायत बिदेशी मुद्राको यस्तो छ आजको दर रेट
साउन ०५, काठमाडौ। नेपाल राष्ट्र बैंकले बिहीबारको विनिमय दर सार्वजनिक गरेको छ।
बिहीबार अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ ६९ पैसा र बिक्रीदर १२८ रुपैयाँ २९ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा भने १३० रुपैयाँ १४ पैसा र बिक्रीमा १३० रुपैयाँ ७५ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ १३ पैसा र बिक्रीमा ८८ रुपैयाँ ५५ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९९ रुपैयाँ १३ पैसा र बिक्रीमा ९९ रुपैयाँ ५९ पैसा पाइन्छ। बेलायती पाउन्ड स्ट्रलिङ एकको खरिददर १५३ रुपैयाँ र बिक्रीदर १५३ रुपैयाँ ७२ पैसा तोकिएको छ ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ७ पैसा र बिक्रीमा ३५ रुपैयाँ २३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३४ रुपैयाँ १५ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ७६ पैसा र बिक्रीमा ३४ रुपैयाँ ९३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रुपैयाँ ६८ पैसा र बिक्रीमा २८ रुपैयाँ ८२ पैसा पाइन्छ।
बिहीबार कुवेती दिनार एकको खरिदमा ४१४ रुपैयाँ ८३ पैसा र बिक्रीमा ४१६ रुपैयाँ ७८ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३३८ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३४० रुपैयाँ ३१ पैसा तोकिएको छ।
लेखकको सम्वन्धमा