भागीरथ चलाउने र सुनिता बुढाको तीज गित सर्वाधिक लोकप्रिय , युटुबको दोश्रो स्थानमा (भिडियो)
सल्यान। सल्यानी चर्चित कलाकार , युवा सर्जक तथा गायक भगीरथ चलाउनेको नयाँ तीज गीत छोटो समयमै युटुबको ट्रेन्डिङ नम्बर २ मा पर्न सफल भएको छ।
यो गीतलाई सामाजिक सञ्जाल TikTok मा १ लाख भन्दा धेरै भिडियो बनाइएको छ। उतिकै लोकप्रियता बटुलिरहेको छ। चलाउनेको यो भन्दा अघिल्लो वर्ष थोपडाले धोका दियो बरिलैले पनि निकै लोकप्रियता कमाएको थियो।
यो वर्ष पनि उत्तिकै चर्चा कमाउने र दर्शक स्रोताको मन जित्न सफल भएको छ। भागीरथ चलाउने र सुनिता बुढा क्षेत्रीको आवाजमा रहेको गीतको शब्द सिर्जना बम मगरले गरेका छन भने संगित भागिरथ चलाउने आफैले भरेका छन।
गीतलाई कुशल निर्देशक प्रकाश भट्टले निर्देशन गरेका छन् भने भगीरथ र गीत ढुङ्गानाको अभिनय रहेको छ।
गीत भागीरथ चलाउने युटुव च्यानल मार्फत बजारमा आएको छ।
यस्तो छ गित:-
प्रतिकृया दिनुहोस्