September 29, 2026, Tuesday
२०८३ आश्विन १३, मंगलवार
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाद्वारा नागरिकता सिफारिस नि:शुल्क

सल्यानको बनगाड कुपिण्डे नगरपालिकाद्वारा नागरिकता सिफारिस नि:शुल्क

असार १२, सल्यान।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले नागरिकता सिफारिसमा लिदै आएकाे शुल्क खारेज गरेको छ।

श्रावण १ गते देखि लागू हुने गरि नागरिकता सिफारिसकाे लागि लिदै आएकाे शुल्क नलिने नगरपालिकाले जनाएको छ।

नगरपालिकाको बसेको बैठकले पालिकाका सम्पुर्ण वडाबाट लिदै आएको सिफारिस शुल्क खारेज गर्ने निर्णय गरेको हो।

पालिका सञ्चालनका लागि स्थानीय सरकारले विभिन्न वस्तुमा लगाउँदै आएको कर बढी भएकाले करको दायरा बढाए पनि लाग्ने शुल्क घटाउने र चर्को करका कारण पालिकावासीलाई अप्ठेरोमा पार्न नहुने नगरपालिकाको भनाइ छ।

सरकारले नागरिकताको लागि कुनै शुल्क नलाग्ने भन्ने तर पालिकामा शुल्क लिने गर्दा सर्वसाधारण प्रभावित भएका थिए।

जिल्लाका १० स्थानीय तह मध्ये यस अघि शारदा नगरपालिकाले असार १ गते देखि लागू हुने गरि यो निर्णय कार्यन्वयन गरि सकेको छ। अन्य स्थानीय तहले भने नागरिकता सिफारिस दस्तुर लिइरहेका छन्।