April 13, 2026, Monday
२०८२ चैत्र ३०, सोमबार
अपहरणको नाटक गरि आफ्नै परिवारसङ्ग २० लाख मागेको आरोपमा एक जना पक्राउ

अपहरणको नाटक गरि आफ्नै परिवारसङ्ग २० लाख मागेको आरोपमा एक जना पक्राउ

असार ७, काठमाडौं।
ललितपुरको इमाडोलमा एक व्यक्तिले आफैलाई अपहरणमा परेको नाटक गर्दै परिवारसँग २० लाख रुपैयाँ फिरौती मागेको प्रहरीले दाबी गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार इमाडोल बस्दै आएका सप्तरीको राजगढ गाउँपालिका ३ का ३१ वर्षीय कृष्णकुमार शर्मा असार १ गतेबाट हराइरहेको भन्दै आफन्तले प्रहरीमा उजुरी दिएका थिए।

असार २ गते कृष्णले प्रयोग गर्ने इमो नम्बरबाट उनको परिवारलाई कृष्ण अपहरणमा परेको र उनलाई मार्न ८ लाख रुपैयाँ प्राप्त भएको तर २० लाख रुपैयाँ दिए मुक्त गरी दिने म्यासेज गएको थियो।

इमो नम्बरबाट कृष्ण अपहरणमा परेको जस्तो देखिने भिडियो पनि पठाइएको प्रहरीले जनाएको छ।

तर अनुसन्धानका क्रममा कृष्ण आफैले आफैलाई अपहरणको नाटक गरी परिवारसँग २० लाख रुपैयाँ माग्न खोजेको प्रहरीको दाबी। प्रहरीले कृष्णलाई विराटनगरबाट पक्राउ गरेको छ ।