दाङमा सडक खन्दा भेटिए परम्परागत सिक्का, दुई चालकबिच भागबन्डा नमिल्दा कुरा बाहिरियो
असार ४, दाङ।
दाङको तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौरमा सडक खन्ने क्रममा परम्परागत सिक्का भेटिएका छन्।
गोटीखोलाबाट सीमरामा सडकको नयाँ ट्रयाक खोल्ने क्रममा बिहीबार डोजर चालकले ती सिक्का भेट्टाएका थिए। त्यहाँ दुईवटा डोजरले सडक खनिरहेका थिए।
चालक सुवास चौधरी र राजन खड्काले त्यहाँ जेसिभी चलाएका थिए । उनीहरूमध्ये सुवासले सडक खन्ने क्रममा ती सिक्का भेट्टाएका थिए। सिक्का भेट्टाएपछि दुवै चालकले भागबण्डा गर्ने सहमति गरेका थिए।
दुबै चालक बिच भागबन्डाको कुरा नमिल्दा लिग भयो कुरो
दुबै चालक मध्ये सिक्का अर्का चालक राजनले पनि आफ्नो भागमा पार्नुपर्ने माग गरेपछि सुवासले नदिँदा यो कुरा बाहिर आएको छ।
त्यसपछि राजनले सम्बन्धित जग्गावालालाई जानकारी दिए। तुलसीपुर–४ रक्षाचौर निवासी शोभा भण्डारीको जग्गामा उक्त सिक्का भेटिएको हो। त्यसपछि जग्गाधनीले त्यहाँ सिक्का भेटिएको कुरा प्रहरीलाई जानकारी गराएका थिए।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीका अनुसार ५३७ सिक्का भेटिएका छन्। तीमध्ये ७६ वटा एक रुपैयाँ लेखेका भारतीय सिक्का र ४६१ वटा श्री ३ लेखिएका नेपाली सिक्का रहेका छन्। ती सिक्का तुलसीपुर–१५ निवासी सुवासले घर लगेका थिए। सिक्का भेटिएको कुरा जग्गाधनीले प्रहरीलाई खबर गरेपछि प्रहरीले अनुसन्धान गर्दा सुवासकै घरमा लुकाइ राखेको अवस्थामा बरामद गरेको हो।
अनुसन्धनकै क्रममा सातवटा सिक्का घरको भुइमा खसेको अवस्थामा भेटिएपछि ती सिक्का खोज तलास गर्न सहज भएको थियो।
सिक्कामा विसं १८०० तथा पृथ्वीनारायण शाह लेखिएको प्रहरीले बताएको छ। यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
भेटिएका सिक्का सम्बन्धित निकायमा पठाउने प्रहरी निरीक्षक शाहीले बताए ।
लेखकको सम्वन्धमा