September 30, 2026, Wednesday
२०८३ आश्विन १४, बुधबार
सल्यानमा मलामी गएका बहादुरको खोलामा डुबेर मृत्यु

सल्यानमा मलामी गएका बहादुरको खोलामा डुबेर मृत्यु

 

जेठ १४, सल्यान।
सल्यानमा मलामी गएका एक जना ब्यक्तिको खोलामा डुबेर मृत्यु  भएको छ।

जिल्लाको शारदा नगरपालिका १४ च्याउखोलाका अन्दाजी ३७ बर्षिय बहादुर शाहीको नजिकैको शारदा खोलामा  डुबेर मृत्यु भएको हो।

उनी स्थानीय ब्यक्तिको मलामीमा सिद्धकुमाख गाउँपालिकाको ढोरचौर नजिकै शारदा खोलामा गएका थिए।

मलामी गएकै बेला खोलाको पानी जम्मा भएको खाडलमा नुहाउने क्रममा शाही डुबेर घाइते भएका थिए।

धेरै पानी खाएको हुनाले उपचारको क्रममा सल्यान जिल्ला अस्पताल ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए ।

शव पोष्ट मार्टमका लागि अस्पतालमा नै राखिएको उनको भनाई छ ।

  • तस्वीर :- फाइल फोटो