March 3, 2024, Sunday
२०८० फाल्गुन २०, आईतवार
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको मेयरमा माओवादी र उपमेयरमा काङ्ग्रेस विजयी

सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको मेयरमा माओवादी र उपमेयरमा काङ्ग्रेस विजयी

जेठ ३, सल्यान ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली काङ्ग्रेस विजयी भएको छ ।

त्रिकोणात्मक गठबन्धन (माओवादी, कांग्रेस र समाजवादीका) गरेको यश नगरपालिकामा साझा उम्मेदवारको रुपमा माओवादी केन्द्रका कर्ण बहादुर बुढाथोकी रहेका थिए।

उनले कुल ७ हजार ४ सय ६६ मत ल्याएर विजयी भएका छ्न। 

उनका आफ्ना निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका गोविन्द कुमार पुनलाई २,७४६ को फराकिलो मतान्तर पछि पारेका हुन।

पुनले जम्मा ४ हजार ७ सय २० मत प्राप्त गरेका छन। २०७४ को स्थानीय चुनावमा भने बुढाथोकीलाई पुनले पराजित गरी मेयर भएका थिए ।

साथै उपमेयरमा पनि साझा गठबन्धनबाट उम्मेदवार बनेको नेपाली कांग्रेसका पुरुषोत्तम आचार्य ५ हजार ७ सय ३५ मत ल्याएर निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिद्धन्द्धी एमाले र स्वतन्त्र उम्मेदवार दिपेन्द्र विष्टले ४ हजार १सय ८० मत ल्याएका छन। 

यश नगरपालिकामा जम्मा २०९९६ मत मध्य १४२०८ मत खसेको थियो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज