January 16, 2025, Thursday
२०८१ माघ ३, बिहीबार
सल्यानका ७ वडाको अन्तिम मत परिणाम सार्वजनिक

सल्यानका ७ वडाको अन्तिम मत परिणाम सार्वजनिक

बैशाख ३१, सल्यान।
सल्यानका ७ वडाकाे अन्तिम मत परिणाम आएकाे छ ।

जस अन्तर्गत नेकपा एमालेले १ वडा , नेपाली कांग्रेसले २ वडा र नेकपा माओवादी केन्द्रले ४ वटा वडा जितेका छन् ।

एमालेले कालिमाटी गाउँपालिका वडा न. ४ मा जितेकाे छ । एमालेबाट उम्मेदवार रहेका बेल बहादुर चन्दकाे पुरै प्यानलले याे वडामा जितेकाे हाे ।

साथै नेपाली कांग्रेसबाट त्रिवेणी गाउँपालिका वडा नम्बर १ मा दल बहादुर बस्नेत र शारदा नगरपालिका वडा नम्बर १ मा प्रदिप पाण्डेले जितेका हासिल गरेका छ्न ।

त्यस्तै नेकपा माओवादी केन्द्रबाट कुमाख़ गाउँपालिका वडा न. १ मा डिल्ली राना, कुमाख़ गाउँपालिका वडा नम्बर ७ मा डम्बर शाही, कपुरकोट गाउँपालिका १ मा बालाराम खड्का (माओवादी समाजवादी) गठबन्धन सदस्य माओवादी २, समाजवादी २, दार्मा गाउँपालिका वडा नम्बर १ मा टंक वली विजयी भएका छन् ।

अन्य पालिकाको गणना हुँदै छ, मत गणना भने एकदम सुस्त छ।
बागचौर नगरपालिकामा १ दिनमा १ वटा वडाको मात्र मत गणना भएको छ।