January 19, 2025, Sunday
२०८१ माघ ६, आईतवार
सल्यानमा मतदाता शिक्षा , लैगिंक समता तथा सशक्तीकरण कार्यक्रम सम्पन्न

सल्यानमा मतदाता शिक्षा , लैगिंक समता तथा सशक्तीकरण कार्यक्रम सम्पन्न

बैशाख २३, सल्यान।
सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नं ५ को लेखपोखरा मा वैशाख २२ गते मतदाता शिक्षा, लैगिंक समता तथा सशक्तीकरण सम्बन्धी १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

UNDP/ESP र UN-WOMEN को सहयोग र बास नेपालको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा नमूना मतदान कार्यक्रम पनि गरिएको थियो।

नमुना मतदानमा २८ मतदाताले सहभागिता जनाएका थिए।

जसमा जम्मा २८ मत खेसेकोमा १८ मत सदर र १० मत बदर भएको थियो ।

कार्यक्रम सहजीकरण बास नेपाल केन्द्रिय सदस्य मेघा रेउले गरेकी थिइन।


१ दिने प्रशिक्षण कार्यक्रममा ६० भन्दा बढीको सहभागिता रहेको थियो ।