निर्वाचनका दिन अनुमती लिएर मात्र सवारी साधन चल्ने
बैशाख २३ , काठमाडौ।
चुनावको मुख्य दिन अनुमति प्राप्त बाहेकका गाडी नचल्ने भएका छन् । प्रशासनको अनुमति लिएकाबाहेक सार्वजनिक र निजी गाडी चलाउन नपाइने निर्वाचन आयोगले जनाएको छ । आयोगले मतदानको दिन गाडी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड–२०७९ लागू गरेको छ ।
हवाई उडानको यात्रामा पासपोर्ट, भिसा र टिकटका आधारमा विमानस्थल र अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आवागमनको सहजीकरण काठमाण्डौका प्रमुख जिल्ला अधिकारीले मिलाउने उल्लेख छ ।
मतदानको दिन अशक्त व्यक्तिको लागि मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतले अनुमति दिएको गाडीको प्रयोग गर्न सकिनेछ ।
एम्बुलेन्स, खानेपानी ट्याङ्कर, दमकल, दुरसञ्चार, शववाहन, अस्पताल सेवा तथा विद्युत सेवाको लागि अनुमति लिनु नपर्ने आयोगले जनाएको छ ।
पत्रकार तथा सञ्चारकर्मीलाई सूचना विभागको कार्डका आधारमा प्रमुख जिल्ला अधिकारीले अनुमतिपत्र दिने व्यवस्था गरेको निर्वाचन आयोगले जनाएको छ ।
लेखकको सम्वन्धमा