घोराही उपमहानगरपालिका दाङमा सत्ता गठबन्धनको उम्मेदवारी दर्ता
१२ बैशाख, घोराही।
गठबन्धन दलहरूको तर्फबाट घोराही उपमहानगरपालिकाको मेयरमा माओवादी केन्द्रका नेता हेमराज शर्मा डायमण्डले मनोनयन दर्ता गराएका छन ।
सोमबार गठबन्धन दलकै तर्फबाट नेपाली कांग्रेसका नेता भुपबहादुर डाँगीले उपमेयरमा आफ्नो मनोनयन दर्ता गराएका छन।
सत्ता गठबन्धन तर्फका उम्मेदवारहरूले घोराहीमा तामझाम, बाजागाजा सहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन्।
उम्मेदवारी दिदै शर्माले घोराहीलाई स्वच्छ, सुन्दर र समृद्ध नगरको रुपमा विकास गरिने बताए । “यहाँको आर्थिक विकास, कृषि उत्पादन, स्वस्थ, पर्यावरण र पर्यटनको विकास हाम्रो प्राथमिकतामा हुनेछ ।” उनले भने ।
उनले जनताको आवश्यकताका कुराहरू आफ्नो मुख्य एजेन्डा भएको बताए ।
सत्ता गठबन्धनबाट घोराही उपमहानगरको मेयरमा माआवादी केन्द्र र उपप्रमुखको पद कांग्रेसको भागमा परेको थियो ।
लेखकको सम्वन्धमा