May 23, 2026, Saturday
२०८३ जेष्ठ ९, शनिबार
सल्यानी युवाहरूको कुपिण्डे सम्मेलन बैशाख १ गते हुने

सल्यानी युवाहरूको कुपिण्डे सम्मेलन बैशाख १ गते हुने


२८ चैत, सल्यान।

“सुन्दर सल्यान” हाम्रो सान “पर्यटन प्रवर्दन” हाम्रो अभियान भन्ने मुल नारा सहित सल्यान दृष्टिकोण परिवारको आयोजनामा नयाँ वर्ष २०७९ को अवसर पारी सल्यानको कुपिण्डे दहमा बृहत कुपिण्डे सम्मेलन गर्ने भएको छ।

सम्मेलन कार्यक्रममा समृद्ध सल्यान निर्माण घोषणा पत्र सार्वजनिक , एक सय  युवाको अभियानता टिम निर्माण साथै विभिन्न संस्कृतिक कार्यक्रम संचालन गरिने आयोजकले बताएको छ । सल्यान चिनाउन महत्वपुर्ण भुमिका खेल्नेको सहभागिता समेत रहने कार्यक्रममा कुपिण्डेमा डुङ्गा सयर साथै सल्यानको परिचय झल्काउने टिसर्ट वितरण कार्यक्रम पनि रहेको छ । 

कार्यक्रममा सहभागिको लागि गाडिको व्यवस्था समेत गरिएको अभियान्ता धुर्व राज वलिले बताए । उनका अनुसार कुरकोट,थारमार,श्रिनगर बाट गरि ३वटा गडिको व्यवस्था गरिएको जानकारी दिए । कार्यक्रम बैशाख १गते कुपिण्डे ताल परिसरमा हुने  छ ।