August 25, 2026, Tuesday
२०८३ भाद्र ९, मंगलवार
सल्यानमा राष्ट्रिय भूमि आयोगको कार्यालय स्थापना

सल्यानमा राष्ट्रिय भूमि आयोगको कार्यालय स्थापना

२२ चैत , सल्यान।

सल्यानमा राष्ट्रिय भूमि आयोगको कार्यालय स्थापना गरिएको छ।

मंगलबार एक कार्यक्रमका बिच राष्ट्रिय भूमि आयोग गठन आदेश २०७८ अनुसार जिल्ला समन्वय समितिको कार्यालयभित्र कार्यालय स्थापना गर्नु पर्ने प्रावधान वमोजिम जिल्ला समन्वय समिति सल्यानमा एक कार्यक्रमकाबिच राष्ट्रिय भूमि आयोगको कार्यालय स्थापना गरिएको हो ।

राष्ट्रिय भूमि आयोग सल्यानका अध्यक्ष वीरबहादुर सेजवालको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा प्रमुख अथितिको रुपमा जिल्ला समन्वय समिति सल्यानका प्रमुख केशबहादुर बिष्ट, सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य , राष्ट्रिय भूमि आयोगका द्वय सदस्यहरु कृष्णाकुमारी बुढाथोकी र कलिराम वली लगायत अन्य प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

भूमी आयोग सल्यानका सचिव गोविन्द उपाध्यायको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा अन्य कार्यालय प्रमुख ज्यूहरुको पनि उपस्थिति रहेको थियो ।