July 16, 2026, Thursday
२०८३ असार ३२, बिहीबार
इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा सल्यानका भण्डारीलाई स्वर्ण

इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा सल्यानका भण्डारीलाई स्वर्ण

११ चैत, सल्यान।

इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा सल्यानका गोपाल भण्डारीले स्वर्ण पदक जितेका छ्न।

सल्यान सारदा नगरपालिका ६ बरला सल्यानका गोपाल भण्डारीले अमेरिकाको डालस फोर्ट वर्थ ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका हुन।

अमेरिकाको टेक्सास राज्यको डालस फोर्ट वर्थ कन्भेन्सन सेन्टरमा आयोजना भएको च्याम्पियनसिपमा गोपालले यू–४० उमेर समूहको रेगुलर पुम्सेमा स्वर्ण जितेका हुन।

गोपाल सहभागी समूहमा विभिन्न देशका आठ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए।