लुम्बिनीमा तेस्रो पटक मन्त्रिमण्डल विस्तार, कोरोना संक्रमित व्यक्ति बने स्वास्थ्य मन्त्री
वैशाख २२, रूपन्देही । लुम्बिनी प्रदेश सरकारमा हिजो थपिएका तीन मन्त्रीले सपथ लिएका छन् । मुख्यमन्त्री शंकर पोखरेलले तेस्रो पटक मन्त्रिपरिषद् विस्तारमा थप भएका तीन मन्त्रीलाई प्रदेश प्रमुख धर्मनाथ यादवले पद तथा गोपनीयताको सपथ गराएका हुन् ।
नवनियुक्त मन्त्रीहरू अर्घाखाँचीका चेतनारायण आचार्यलाई आन्तरिक मामिला तथा कानून, रूपन्देहीका भोजप्रसाद श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या र कपिलवस्तुका धर्मबहादुर लाल श्रीवास्तवलाई शिक्षा तथा सामाजिक विकासमन्त्रीको रूपमा सपथ गराइएको छ । योसँगै गण्डकी मन्त्रिपरिषद् १० सदस्यीय भएको छ ।

यसअघि थपिएका मन्त्रीमध्ये हरिप्रसाद रिजाललाई ग्रामीण तथा शहरी विकास मन्त्रालय, कल्पना पाण्डेलाई उद्योग, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । वैजनाथ चौधरी आर्थिक मामिला तथा योजनामन्त्री, सन्तोषकुमार पाण्डे भौतिकपूर्वाधार विकासमन्त्री, विजयबहादुर यादव भूमिव्यवस्था कृषि तथा शहकारी मन्त्री र सुमन शर्मा रायमाझी भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा यथावत छन् ।
कोरोना संक्रमित बने स्वास्थ्य मंत्री
त्यस्तै स्वास्थ्यमन्त्री बनेका रूपन्देहीका सांसद भोजप्रसाद श्रेष्ठले कोरोना संक्रमित छन् । संक्रमणका बीच उनले मन्त्रीको जिम्मेवारी सम्हालेका छन् ।

१६ दिनअघि संक्रमित भएका उनी घरमै आइसोलेसनमा थिए । मुख्यमन्त्री शंकर पोखरेलले तेस्रो पटक मन्त्रिमण्डल विस्तारमा परेका तीनमध्ये एकमन्त्री श्रेष्ठ होम आइसोलेसनबाट सीधै सपथ ग्रहण समारोहमा उपस्थित भएका छन् ।
सपथ लिने क्रममा उनी अलग्गै उभिएका थिए । आज पुन: कोरोना परीक्षणको लागि थ्रोट स्वाब नमूना दिइएपनि नतिजा आइनसकेको उनको सचिवालयले जनाएको छ ।








प्रतिकृया दिनुहोस्