October 9, 2024, Wednesday
२०८१ आश्विन २३, बुधबार
हुम्लाको बाटो हुँदै कैलाश पर्वत दर्शन गरेर फर्किएका सद्गुरुले दिए, समृद्ध नेपाल बनाउन यस्ता टिप्स

हुम्लाको बाटो हुँदै कैलाश पर्वत दर्शन गरेर फर्किएका सद्गुरुले दिए, समृद्ध नेपाल बनाउन यस्ता टिप्स

भाद्र २०, काठमाडौँ । हुम्लाको बाटो हुँदै कैलाश पर्वत दर्शन गरेर फर्किएका सद्गुरु जग्गी वासुदेवले शनिबार राजधानीको बत्तीसपुतलीस्थित एक होटलमा नेपालको विकास गर्न केही टिप्सहरु दिएका छन्।

उनले राजधानीको द्वारिकाज होटलमा पत्रकार सम्मेलन गर्दै नेपाल प्रकृति र संस्कृतिले धनी भए पनि आधुनिकीकरणका नाममा मौलिक पहिचान मेटिनसक्नेतर्फ पनि सजग गराए।

अहिलेको राजनीतिले राष्ट्र सम्बृद्ध नहुने उल्लेख गर्दै उनले व्यापार र व्यवसाय समृद्ध भएमात्र देश समृद्ध हुने बताए। नेपाल र भारतले पर्यटन क्षेत्रमा सँगै काम गर्नुपर्ने र समन्वय तथा सहकार्य गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ।

नेपालमा पर्वतारोहण व्यवसायको एकदमै सम्भावना रहेको उल्लेख गर्दै उनले नेपालमा रहेका १२ वटा शिखरमा सामान्य तालिममा जो कोही चढ्न सक्ने बताए।

नेपालको सबैभन्दा ठुलो सम्पत्ति यहाँका हिमशिखरहरू रहेको उल्लेख गर्दै नेपालमा साहसिक पर्यटन, ऐसआराम पयर्टन र आध्यात्मिक पर्यटन सँगसगै अघि बढ्नुपर्ने उनले बताए।

नेपाल एसियाको स्विट्जरल्यान्ड भएको उल्लेख गर्दै सद्गुरुले विश्वका हरेक देशलाई औद्यगिकीकरण गर्न आवश्यक नरहेको बताए।

‘मलाई सम्झना छ, पहिलोपटक म १९ वर्षको हुँदा नेपाल आउन चाहेको थिएँ । मेरा धेरै साथीहरू नेपाल आउने गर्थे । त्यतिबेला काठमाडौं जाने भन्नबित्तिकै एउटा बैग्लै उत्सुकता हुन्थ्यो । भारतमा भएका सबै सहरभन्दा पृथक र बेग्लै पहिचान थियो काठमाडौंको । तर, अहिले हेर्नुहोस् त कस्तो छ काठमाडौं रु जनसंख्या बढ्दै गयो, बाहिरबाट मान्छेहरू आउन थाले, अव्यवस्थित तवरबाट विकास गर्ने प्रपृत्ति हाबी भयो । काठमाडौंका पुराना संरचनालाई आधुनिक तवरबाट व्यवस्थित गर्न सकिन्थ्यो । काठमाडौंभन्दा बाहिर व्यवस्थित सडक तथा सहर विस्तारमा जोड दिन सकिन्थ्यो,’ उनले भने।

उनले पछिल्लो नेपाल भ्रमणको ९ दिने यात्रा एकदमै भव्य रहेको उल्लेख गर्दै भने, ‘मेरो यात्रालाई वर्णन गर्ने अरू शब्द नै छैन । अधिकांश मान्छेले यस्तो भूमि छ भनेर विश्वास नै गर्ने छैनन् । हिमाल छिचाल्दै कैलाश मानसरोवरको दर्शन गर्दाको अनुभव शब्दमा वर्णन नै गर्न सकिँदैन । सिमिकोटदेखि लिमी उपत्यकाको यात्राको अनुभव नै बेग्लै छ।’

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज