May 17, 2025, Saturday
२०८२ जेष्ठ ४, शनिबार
स्वस्थ मासु मात्रै सेवन गरौं, ५८ प्रतिशत जीवाणु पशुबाट मान्छेमा सर्दछन

स्वस्थ मासु मात्रै सेवन गरौं, ५८ प्रतिशत जीवाणु पशुबाट मान्छेमा सर्दछन

पुस १३, सल्यान । आइतबार, स्वच्छ मासु उत्पादन सम्बन्धि सल्यानमा सरोकारवाला र मासु व्यवसायी बिच अन्तरक्रिया कार्यक्रम गरिएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यलय सल्यानको आयोजनामा सदरमुकाम खलंगामा सरोकारवा र मासु संचालकहरु बिच अन्तरक्रिया तथा छलफल भएको हो ।

कार्यक्रममा स्वच्छ मासु प्रबिधिको बारेमा जानकारी, गुणस्तर मासु उत्पादन गर्न तरिका तथा स्वस्थ मासु उत्पादनका लागि ऐन नियमावलीका ब्यबस्था बारेमा जानकारी गराईएको थियो । कार्यक्रममा बोल्ने सहभागीहरुले उपभोक्ताले स्वच्छ, ताजा र गुणस्तरीय मासु उपभोग गर्न नपाएको वताएका छन् । मासु उत्पादन सहभागि हुने क्षेत्रमा अपनाउनु पर्ने सावधानी नपुगेको भन्दै गोठ देखि ओठ सम्म हुने स–साना लापरवाही उपभोक्ताको स्वास्थ्यमा गम्भिर समस्या आएको वताएका छन् ।

जिल्ला समन्वय समिति सल्यानका प्रमुख केशवहादुर विष्टले मानव स्वास्थ्यलाई ध्यान दिएर सरकारले लगानी वढाउनु पर्ने हो तर त्यसो नभएको वताए । उनले उपभोक्ता पनि सचेत हुनु पर्ने र ब्यवसायीले पनि गुणस्तरीय मासु बेच्न र प्रयोग गर्नुपर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले आफुले उपभोग गर्ने वस्तु, सफा ताजा र गुणस्तरी छ, छैन सवैले ख्याल गर्नु पर्ने वताए। उत्पादन, विक्रि र उपभोग गर्ने सवै नागरिक सचेत भए मात्र सेवा गुणस्तरीय हुने उनको भनाई छ ।

स्वच्छ मासु उत्पादनका लागि निजि क्षेत्र, गैरसरकारी र सरकारी र निकायले लगानी बढाउनु पर्ने पशुपन्छी रोग अन्वेषन प्रयोगशाला सुर्खेतका बरिष्ठ पशु चिकित्सक डाक्टर कृष्णराज पाण्डेले बताए । ५८ % जीवाणु पशुबाट मान्छेमा सर्ने भएकाले उपभोक्ताले मासु खादा स्वस्थ मासु मात्रै खानुपर्ने र मासु व्यबासायीले पनि स्वस्थ पशुको मासु मात्र बिक्री गर्न आग्रह गरे। पशुको रगत र भित्र्यासमा किटानुहरूले छिटो आक्रमण गर्ने भएकाले पशु बध गरेपछि रगत पुरै निखार्नु पर्ने र भित्र्यासलाई पनि स्वच्छ मासुमा नमिसाउन नहुने उनले बताए ।

बधशाला र मासु पसल सफासुग्घर राख्नु पर्ने तथा क्षेयरोग र अन्य रोगबाट ग्रसित ब्यक्तिले मासु पसलमा काम गर्न नहुने उनको भनाइ थियो । उनले मासु जन्य बस्तु बिक्रि बिवतरणमा सबै मापदण्ड पालन गर्नको लागि स्थानिय तहले पहल गर्नु पर्ने, हरेक स्थानिय तहहरुमा एक वटा बथशाला स्थापना गर्नुपर्ने बताए।

पसु सेवा कार्यालय सल्यानका प्रमुख कपिल प्रसाद उपाध्यायले स्थानीय तहले पालिकामा रहेका मासुपसल सुधार गर्न अवका दिनमा कार्यक्रम सहित अनुगमन पनि नियमित गर्नु पर्ने बताए।
पछिल्लो समयमा मासु, खाद्यान्न लगायतका उपभोग्य वस्तु जथाभावी विक्रि वितरण भई रहेको दार्मागाउँपालिका ५ का रमेश केसीले वताए । उनले उपभोक्ताले सचेतनाको कमीका कारण उपभोग्य वस्तु किनवेच गर्दा प्रश्न समेत गर्न नसकेको बताए ।

यस्तै वागचौर नगरपालिका ४ पेदिखोमा मासु ब्यवसाय गर्दे आएका वुद्धिराम ओलीले मासु पसल सञ्चालका लागि आवश्यक पर्ने सचेतना, लगानी आदि कारणले समस्या भएको वताए । उनले स्थानीय ब्यवसायीलाई प्रवद्र्धन गर्न आवश्यक लगानी समेत हुन नसकेको बताए ।