May 30, 2026, Saturday
२०८३ जेष्ठ १७, आईतवार
प्रधानाध्यापक द्वारा आफ्नो सम्पुर्ण भत्ता बिद्यालयको कोषमा जम्मा गर्ने घोषणा

प्रधानाध्यापक द्वारा आफ्नो सम्पुर्ण भत्ता बिद्यालयको कोषमा जम्मा गर्ने घोषणा

कार्तिक ८, सल्यान । सल्यानमा एक बिद्यालयका प्रधानाध्यापकले आफुले राज्य बाट पाउने भत्ता बिद्यालयको कोषमा जम्मा गर्ने बताएका छन ।

जिल्लाको शिद्धकुमाख गाउँपालिकाको ढोरचौरमा रहेको श्री निराजन माध्यामिक बिधालयका प्रधानाध्यापक धर्मराज घर्तीले आफुले राज्यबाट पाउदै आएको प्रअ भत्ता बापतको रकम बिद्यालयको आत्मनिर्भर कोषमा जम्मा गर्ने बताएका हुन ।

बिद्यालयमा न्युन दरबन्दी रहेको र आर्थिक समस्याले शैक्षिक सुधार गर्न बाधा पुगिरहेको बेला आफुले पाउने प्रअ भत्ता कोषमा जम्मा गर्ने उनले बताए । बिद्यालयलाई आफनै स्रोत साधन युक्त गराउन र आर्थिक रुपले आत्मनिर्भर बनाउने उदेश्यका साथ बिद्यालयमा कोष खडा गरि सुरुवात गरिएको उनको भनाइ छ । उक्त कोषमा प्रारम्भमा आफ्नो तर्फबाट रू. ४ लाख ३२ हजार रकम जम्मा भैसकेको र आगामी दिनमा यसलाई थप मुर्तरुप दिइने उनले बताए ।

उक्त कोषमा आफुले पाउने प्रअ भत्ता बिधालयको कोषमा जम्मा गरि निराजन माबिको आत्मनिर्भर कोषलाई ठुलो बनाउँन बिद्यालय, संघसंस्था, समाजसेवी, शिक्षा प्रेमी लगाएत सरोकारवाला निकायले सहयोग गर्ने प्रअ घर्तीको बिश्वास छ ।

बिद्यालय आर्थिक, शैक्षिक हिसाबले नमुना बिद्यालय बनाउने सपना अनुसार आफ्नो आउने प्रअ भत्ता सबै बिद्यालयको आत्मनिर्भर कोषमा जम्मा गर्ने र सबैको सहयोगले बिद्यालय र बिधार्थीको भबिष्य उज्वल बनाउनमा सहयोग पुग्ने प्रअ घर्तिले बताए ।

बिधालयको आत्मनिर्भर कोष बिधालय ब्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघ अध्यक्ष, प्रधानध्यापक र लेखापालको संयुक्त नाममा संचालन गरिनेछ भने कोषमा जम्मा भएको रकमको ब्याज बाट बिद्यालयको आन्तरिक स्रोतका शिक्षकको तलव भत्ता र बिद्यालयको आवश्यक कामकाजमा खर्च गरिने प्रअ घर्तीले बताए ।