September 17, 2024, Tuesday
२०८१ आश्विन १, मंगलवार
माछाले टोक्दा दाङमा एकजनाको मृत्यु

माछाले टोक्दा दाङमा एकजनाको मृत्यु

भाद्र १९, काठ्माण्डौं । दाङको लमहीमा अढाई जातको माछाले टोक्दा एकजनाको मृत्यु भएको छ ।

लमही नगरपालिका १ सुन्डबरी निवासी ४९ वर्षिय खिमबहादुर घर्तीको अढाई जातको माछाले टोकेरे उपचारको क्रममा अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार शनिबार दिउँसो दुई बजे घर नजिकैको कुलोमा माछा छोपेर मुखले मृतक घर्तीले माछाको टाउको थिचेर घाइते बनाइ प्लास्टिकमा राखेका थिए । केही बेरपछि उनी बेहोस भएपछि अस्पताल लगिएको थियो र त्यहीँ उनको मृत्यु भएको हो ।

खाना खाएर दिउँसोको समयमा माछा मार्न भनी घर नजिकैको कुलोमा श्रीमती र श्रीमान् दुबैजना पुगेका थिए । उनको शवलाई अहिले पोष्टमार्टमको लागि लमही अस्पतालको शव गृहमा राखिएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज