कटुवा पेस्तोल र दुई राउन्ड गाेली सहित सल्यानमा एकजना पक्राउ
दुर्गा विसि / भदौ १६, सल्यान । सल्यानमा कटुवा पेस्तोल र दुई राउन्ड गाेली सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
बुधबार भारती नम्बर पलेटकाे सी एच ०१ बी पी २१९४ नम्बरको मोटसाइकलको सिट मुनी लुकाएर राखेको अवस्थामा कटुवा पेस्तोल र दुई राउन्ड गोली सहित मोटसाइकलमा सवार जाजरकोट नलगाड नगरपालिका ४ का २८ वर्षीय गणेश रावल सल्यानको वनगाड कुपिण्डे नगरपालिका १ सल्लीबजार बाट सल्यान प्रहरीले पक्राउ गरेको हो ।
सल्यानको सल्लीबजार नाकाबाट रुकुम पश्चिम छिर्दै गरेकाे भारती नम्बर पलेटकाे उक्त मोटरसाइकल सहित रावल सल्यानको वनगाड कुपिण्डे नगरपालिका १ सल्ली स्थित प्रहरी चेक पोईन्टमा नरोकी भागेका थिए ।
सल्लीबजार चेकपोस्टबाट भागेर दुई किमि अगाडि आँपखोलीमा पुगेको र भारती नम्बर पिलेटकाे मोटरसाइकल प्रहरी चेकपोस्टमा राेक्न खाेज्दा भागे पछि प्रहरीले उनको पिछा लागी आँपखोली बाट पक्राउ गरेको हो ।
कटुवा पेस्तोल र २ राउन्ड गाेली सहित पक्राउ परेका उनलाई ईलाका प्रहरी कार्यालय सल्लीबजारले जिल्ला प्रहरी कार्यालय सल्यान पठाएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख ( डिएसपी ) गोबिन्द थापा क्षेत्रीले पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय सल्यानमा ल्याउदै गरेको र अनुसन्धान पश्चात् मात्रै पूर्ण जानकारी सहित सार्वजनिक गरिने बताउनु भयो ।
फाइल फोटो ।
प्रतिकृया दिनुहोस्