May 4, 2026, Monday
२०८३ बैशाख २१, सोमबार
सल्यान अस्पतालमा पहिलो पटक कोरोना संक्रमित गर्भवतीले जन्माईन बच्चा

सल्यान अस्पतालमा पहिलो पटक कोरोना संक्रमित गर्भवतीले जन्माईन बच्चा

साउन ३०, सल्यान । सल्यान जिल्ला अस्पतालमा एकजना कोरोना संक्रमित गर्भवतीले बच्चा जन्माएकि छ्न ।

कोभिड पोजिटिभ देखिएकि गर्भवति त्रीवेणि ६, रुकुम पश्चिमकी २१ वर्षिय सुजाता ओलीले साउन २९ गते राति १०:२० बजे ३१०० ग्राम तौल भएको शिशु को जन्म दिएकि हुन । सुत्केरीको लागी दिएको डेट कटेको कारण सल्यान जिल्ला अस्पतालमा व्यथा लाउने औषधि दिइ ब्यथा लगाईएको थियो ।

ज्वरो देखिएपछि रुकुम पश्चिम जिल्ला अस्पतालमा जचाउँदा साउन २४ गते कोभिड पोजिटिभ देखिएकि ओलीलाई साउन २७ गते राति २ बजे सल्यान जिल्ला अस्पतालको कोभिड आइसोलेसनमा भर्ना गरिएको थियो ।

कोभिड पोजिटिभ गर्भवति लाई स्वास्थ्य संस्थामा डेलिभरी सेवा दिएको सल्यान जिल्लामै यो पहिलो घटना हो । हाल आमा र शिशु दुवैको अवस्था सामान्य रहेको र निजलाई होम आइसोलेसनका लागि पठाउने तयारी भैराखेको सल्यान जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. भीमकान्त जैसीले बताए ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज