September 24, 2023, Sunday
२०८० आश्विन ७, आईतवार
प्रवेशिका परीक्षा (एसईई)को परीक्षाफल सार्वजनिक

प्रवेशिका परीक्षा (एसईई)को परीक्षाफल सार्वजनिक

साउन २३, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको प्रवेशिका परीक्षा (एसईई)को परीक्षाफल शनिबार दिउँसो प्रकाशित गरेको छ।

जस अनुसार ५ लाख १७ हजार १ सय २२ जनाले परीक्षा फारम भरेकोमा ४ लाख ८४ हजार २ सय ७८ उत्तीर्ण भएको परीक्षा नियन्त्रक कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले बताएका छन् ।

कोरोनाभाइरसका कारण परीक्षा हुन नसकेपछि विद्यालयहरुले आन्तरिक मुल्यांकन गरी प्राप्तांक पठाएका थिए । सोही आधारमा परीक्षा नियन्त्रण कार्यालयले शनिबार परीक्षाफल प्रकाशन गरेको हो ।

परीक्षा बोर्डको आधिकारिक वेबसाइट, नेपाल टेलिकम र एनसेलको वेबसाइटमार्फत परीक्षाफल हेर्न सकिन्छ । यस्तै नेपाल टेलिकमको १६०० र एनसेलको १६०० नम्बरमा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिन्छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज