सल्यानको रैकरमा रहेको भेरी हाईवे हाेटल भत्किदाँ सल्यान र रुकुमका २ जना घाइते
दुर्गा विसि / साउन ०६, सल्यान । सल्यानकाे बनगाड कुपिण्डे नगरपालिका वडा नं. ११ रैकर नजिकै गंगटेमा रहेको भेरी हाइवे हाेटल एन्ड लज भत्किएको छ ।
होटेल भत्किदा हाेटलमै काम गर्ने रुकुम सानिभेरी गाउँपालिका ८ का बर्ष १३ का युवराज डाँगी र कुमाख गाउँपालिका वडा नं. २ सल्यानका वर्ष ५० का लिल वहादुर रावत घाइते भएका छन् ।
घर भासिन थाले पछि सबै घरवाट निकल्न सफल भएकाेले अन्य थप मानवियी क्षेति हुनबाट जाेगिएको वालुवासँग्रहीमा रहेको प्रहरी चेकपोस्टले जानकारी दिएको छ ।
३ तले घर भेरी किनारमा रहेको थियोे । घरका पिलर भेरी किनार र कच्ची माटाे भएकोले घर भासिएकाे हुन सक्ने जनाएको छ ।दुईताला पुरै भत्किएको छ भने घरका अन्य सबै सामान निकाल्नकाे लागि जेसिभिकाे साह्याता लगिएको छ ।
अन्य मानवियि क्षेति नभएको हाेटल सञ्चालक विनाेद शाहको भनाइ रहेको छ । छिन्चु जाजरकोट सडक खण्डकाे रैकर नजिकै भेरी किनारमा उक्त हाेटल सञ्चालनमा रहेको थियोे ।
घाइते हरुकाे सुर्खेत मेहलकुना अस्पतालमा उपचार भैरहेको छ ।घटना स्थलमा अहिले प्रहरी नगर प्रमुख गाेविन्द कुमार पुन, वडा अध्यक्ष विरवहादुर वुढा लगाएतको टाेली पुगेको छ ।
प्रतिकृया दिनुहोस्