September 17, 2024, Tuesday
२०८१ आश्विन १, मंगलवार
आज देखी सल्यान बाट दाङ र काठ्मान्डौंको लागि बस सेवा संचालनमा

आज देखी सल्यान बाट दाङ र काठ्मान्डौंको लागि बस सेवा संचालनमा

असार २५, सल्यान । सल्यानबाट दाङ र काठमान्डौका लागि दैनिक बस चल्ने भएका छ्न। यातायात ब्यबसायी र जिल्ला प्रशासन कार्यालय बीच बिहिवार भएको सहमती अनुसार निषेधाज्ञा लागू भएसङै बन्द भएका बस कोटा प्रणाली अन्तरगत चल्ने सहमती भएको बताइएको छ।

दाङका लागि दैनिक ६ वटा र काठमान्डौका लागि १ वटा बस नियमित चल्नदिने सहमती भएको सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले बताए। गाडिमा रहेको सिट क्षमता अनुसार यात्रु राख्न पाउने गरि बस संचालनमा आउने उनको भनाई छ।

गत बैशाख १९ गतेदेखी सल्यानमा जारी निषेधाज्ञाका कारण यातायातका साधनहरु बन्द भएका थिए। केहिदिन अघि जोर बिजोर प्रणालीमा निजि सवारी साधन चल्न दिने प्रशासनको निर्णयप्रती यातायात व्यवसायि हरुले बिरोध जनाएका थिए। सार्बजनिक यातायातका साधनहरु बन्दहुदा यात्रुहरुले महँगो भाडा तिरेर निजि सवारी साधन प्रयोग गर्ने गरेका छ्न।

दैनिक रुपमा शुक्रवारदेखि दाङ र काठमान्डौका लागि गाडी चलाउने सल्यान रुकुम यातायात प्रालिका डाइल इन्चार्ज शोभाकर थापाले बताए। हामिले लामो समय सम्म गाडी चलाएनौ तर अहिले कोभिडको जोखिम कम भएकाले गाडी चलाउन लागेको उनले बताए।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज