September 17, 2024, Tuesday
२०८१ आश्विन १, मंगलवार
बाख्रा पालन पकेट क्षेत्रका लागि ५० घरधुरीलाई उन्नत जातका बाख्रा वितरण

बाख्रा पालन पकेट क्षेत्रका लागि ५० घरधुरीलाई उन्नत जातका बाख्रा वितरण

दुर्गा विसि / आषाढ १८, सल्यान । सल्यानकाे बनगाड कुपिण्डे नगरपालिका वडा नं ८ र ९ का ५० घरधुरी किसानलाई उन्नत जातकाे बाख्रा वितरण गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियाेजना अन्तर्गत बाख्रा पकेट बिकास कार्यक्रम अन्तर्गत वडा नं ८ र ९ का ५० जना किसानलाई बाख्रा वितरण गरिएको हो ।

५० घरधुरि किसान लाई ५० वटा बाख्रा र ५ वटा बाेयर बाेका बनगाड कुपिण्डे नगरपालिकाका नगर प्रमुख गाेबिन्द कुमार पुन र ८ नं वडा अध्यक्ष कुल बहादुर पुरिले किसानलाई वितरण गरेका हुन ।

कुपिण्डे ताल साना किसान कृषि सहकारी संस्थाका सेयर सदस्यहरुलाई मात्रै ती बाख्रा वितरण गरिएको पशु स्वास्थ्य शाखा प्रमुख विनराम विसिले वताए ।

बाख्रा पालन पकेट क्षेत्र घाेषणाका लागि ती वडाहरुमा बाख्रा वितरण गरिएको जनाइएको छ । बाख्रा वितरण गर्दै नगर प्रमुख पुनले किसानकाे अायआर्जनमा यसले पक्कै राम्रो भुमिका खेल्ने बताए ।

किसानलाई बाख्रा व्यवसायी तर्फ उन्मुख हुन उनको जाेड थियोे । किसानलाई अावश्यक पर्ने प्राविधिक सहयोग नगरपालिकाले सहजिकरण गर्ने उनले बताए ।

केही दिन अघि मात्रै त्यहाँका किसानले बाख्रा राम्रो नभएको भन्दै बाख्रा लिन अस्विकार गरेका थिए । तर याे पटक भने पुनः राम्रो जातकाे बाख्रा आए पछि बाख्रा लिन इच्छुक भएको वताइएकाे छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज