दलित सेवा संघ सल्यान द्वारा कोरोना माहामारी बाट संकटापन्न घरपरिवारलाई राहत वितरण
असार १२, सल्यान । दलित सेवा संघ सल्यानले कोरोना भाईसर ( कोभिड – १९ ) बाट संकटापन्न जिल्लाका ५५ घर परिवारलाई खाद्यान्न र स्वास्थ्य सामाग्री तथा १३ जना सुत्केरी आमालाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
विकास कोष नर्वेको आर्थिक सहयोगमा विहिस्करणमा पारिएका समुदायको जिविकोपार्जन सुधार परियोजना अन्तरगत जिल्लाको शारदा नगरपालिकाका २० घर परिवार लाई खाद्यान्न र स्वास्थ्य सामाग्री तथा ५ जना सुत्केरी आमालाई स्वास्थ्य सामाग्री वितरण गरिएको हो भने जिल्लाकै बनगाड कुपिन्डे नगरपालिकाका १८ घर परिवारलाई खाद्यान्न र स्वास्थ्य सामाग्री तथा ४ जना सुत्केरी आमालाई स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।
त्यस्तै जिल्लाकै कालिमाटी गाउँपालिकाका १७ घर परिवारलाई खाद्यान्न र स्वास्थ्य सामाग्री तथा ४ जना सुत्केरी आमालाई स्वास्थ्य सामाग्री वितरण गरिएको संघका सिनियर फिल्ड परिचालक भिम बहादुर परिवारले बताए । संकटापन्न ५५ घरधुरीलाई एक एक बोरा चामल, २ किलो दाल, दुई किलो नुन, एक लिटर तेल, ४ वटा सावुन र चार चार प्याकेट मास्क वितरण गरिएको हो । त्यस्तै १३ जना सुत्केरी आमालाई पनि मास्क, स्यानिटाईजर र सावुन प्रदान गरिएको बताइएको छ ।
स्थानिय जनप्रतिनिधिको रोहवरमा हस्तान्तरण गरिएका उक्त सामाग्र वितरण कार्यक्रममा संस्थाका अध्यक्ष दिल बहादुर परियार, कार्यक्रम संयोजक यज्ञ विक, सिनियर फिल्ड परिचालक भिम बहादुर परियार र कृषि जेटिए भुमिका सुनारको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस्