कालिमाटी गाउँपालिका द्वारा राउटे समुदायलाई स्वागत, खानेपानीको पाइप सँगै भत्ता हस्तान्तरण
दुर्गा विसि / असार १०, सल्यान । दस वर्षपछि सल्यानमा फर्किएको फिरन्ते जीवन जिउने राउटे समुदायलाई कालिमाटी गाउँपालिकाले स्वागत गरेको छ ।
सल्यानकाे कालिमाटि गाउँपालिका वडा नं ५, काल्चे डाँडामा अाई टहरा निर्माण गर्दै गरेका राउटेहरुलाइ गाउँपालिका अध्यक्ष दानवहादुर केसी, उपाध्यक्ष शहनशिलता वली र प्रमुख प्रशासकिय अधिकृत हरी बहादुर केसीले साेहि स्थानमा पुगि टहरा निर्माण कार्यमा अावश्यक सामग्री, खानेपानी पाइप केही भाँडाकुडाको बन्दाेवस्ति गरिदिएका छन् ।
गाउँपालिकाकाे मुख्य टिम पुगि उनिहरुका वासस्थानका लागि अावश्यक बन्दाे वस्तिकाे व्यवस्थापनमा सहजिकरण गरिदिएको गाउँपालिका अध्यक्ष दानवहादुर केसीले वताए। अाफ्नाे गाउँपालिकामा अाज देखि थप जाति थपिएको र उनिहरु त्यहाँ रहदा सम्म अाफ्नै गाउँपालिकाकाे नागरिक भएकोले सरकारकाे अनुभुति हुने गरि सेवा र सुरक्षा प्रदान गर्ने उनले बताए ।
बुधबार नै सामाजिक सुरक्षा भत्ता वाफत प्रतिब्यक्ति ३ हजार र कर्णाली प्रदेश सरकारबाट दिएकाे थप २ हजार गरि जम्मा प्रति ब्यक्ति रू ५ हजार सामाजिक सुरक्षा भत्ता, प्रदेश सरकारकाे बाकि रकम सहित ६ हजारका दरले बितरण गरिएको छ ।
सामाजिक सुरक्षा भत्ता पाए पछि राउटेहरु खुसि वनेका छन् र अाफुहरु वस्ने स्थानमा अाइ भत्ता वितरणसँगै गाउँपालिकाले राउटेहरु प्रति देखाएको माया, सद्भाव र सहयोगीपनाले उनिहरुले गाउँपालिका अध्यक्ष केसी, उपाध्यक्ष वली र प्रशासकिय अधिकृत केसीकाे प्रसंसा समेत गरेका छन ।
दस वर्ष पछि सल्यान कालिमाटी गाउँपालिकामा फर्किएका राउटे समुदाय प्रती गाउँपालिकाले सहयोगिपना देखाएकाे छ ।उनिहरुकाे सुरक्षा लगाएतका यावत समस्यामा कुनै कमि अाउन नदिने समेत गाउँपालिकाले जनाएको छ ।
प्रतिकृया दिनुहोस्