March 17, 2025, Monday
२०८१ चैत्र ३, सोमबार
शारदा नदिको बिचमा टापुमा अलपत्र १२ जना मध्ये ३ जनाको उद्धार

शारदा नदिको बिचमा टापुमा अलपत्र १२ जना मध्ये ३ जनाको उद्धार

सल्यान ३, असार । सल्यान जिल्लाको शारदा नगरपालिका वडा नम्बर ६ स्थित शारदा नदिको विच टापुमा फसेका १२ जना मध्ये ३ को उद्धार गरिएको छ ।


नदिको दुई हंगालो फाटेको बिच भागमा रहेको टापु जस्तो ठाँउको खेतमा धान रोप्न गएका १२ जना स्थानीय किसानहरू अविरल वर्षापछि नदिमा पानीको सहत बढ्दै गएपछि त्यही अलपत्र परेका थिए ।

अलपत्र परेकाहरु १२ जना मध्ये ३ जनाको डोरीको माध्यमबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता अर्जुन पौडेलले बताए । बाकि ९ जनाको पनि उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले प्रयास गरिरहेका उनले बताए ।


नदिको बहाव नघटेकोले नागरिकहरुको उद्धारको लागि हेलिकप्टर माग गरिएपनि बर्षातका कारण आउन नसकेको उनको भनाइ छ ।