सल्यान बाढी पहिरो अपडेट : यस्तो छ – हालसम्मको क्षेति विवरण
असार ०२, सल्यान । देशभर जस्तै सल्यानमा पनि अविरल बर्षा जारी रहेको छ । एकहप्ता देखिको अविरल बर्षाले सल्यानका विभिन्न ठाउँहरुमा धनजनको क्षति गरेको छ ।
जारी बर्षाले जेठ ३१ गते सल्यान छत्रेश्वरी गाउँपालिकाको जयचौरमा खेतहरु बगाएको छ भने असार १ गते बाढीले बगाएर दार्मा गाउँपालिकामा १ जनाको ज्यान गएको छ ।
जेठ ३१ गते सल्यान छत्रेश्वरी गाउँपालिकाको जयचौरको लंकिनी खोलामा आएको बाढीले स्थानिय २० घरपरिवारको ६० रोपनी खेत पुरेको छ । त्यस्तै बाढीले बगाएर सल्यानको दार्मा गाउँपालिकामा १ जनाको ज्यान गएको छ भने एकजनाको रहस्यमय मृत्यु भएको छ ।
बाढीले बगाउदा दार्मा ४ रतिखोलका ४० वर्षिय विरमान विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता अर्जुन पौडेलले बताए । तर दार्मा ५ कि गिता खड्काको शव पनि खोलामा भेटिएको हुनाले बाढिले बगाएर हो वा अन्य कारणले भन्ने बारे नखुलेको र अहिले पोस्टमार्टमको लागि जीला अस्पताल ल्याइएको उनको भनाइ छ ।
त्यस्तै सल्यानकै कपुरकोट गाउँपालिकाको बचरीमा अविरल बर्षापछि आएको पहिरोले स्थानिय शोविर डाँगीको ट्वाईलेट र दाउरा राख्ने कटेरो बगाएको छ भने उनका २ वटा घर पहिरोको जोखिमा रहेका छन । उनिहरुलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले बताएको छ ।
त्यस्तै अविरल बर्षापछि आएको पहिरोले राप्ती राजमार्गको कपुरकोट गाउँपालिका ३ दसरेमा सडक अवरुद्ध भएको छ । सडक खुलाउने प्रयास भैरहे पनि माथिबाट निरन्तर ढुङ्गा माटो खसिरहेकोले सडक खुलाउन नसकिएको प्रवक्ता पौडेले बताउनु भयो ।
जिल्लाका अन्य स्थानमा भएको क्षेतिबारे बुझ्ने काम भैरहेको उहाँले बताउनु भयो ।
प्रतिकृया दिनुहोस्