सल्यानका ५४ विद्यालयमा फोन शिक्षा कार्यक्रम संञ्चालन, फोन बाटै पढाइ सहजीकरण
असार ०१, सल्यान । सल्यान जिल्लामा फोन पाठशाला अथार्त (फोनवाट पढाइ) कार्यक्रम सुरु भएको छ । रुम टु रीड र दलित विकास समाजले स्थानीय तहहरुसँग साझेदारी र समन्वय गरी संचालन गरीएको साक्षरता कार्यक्रम अन्र्तगत यो काम सुरु गरीएको हो ।
कोरोना महामारीका कारण विद्यालयहरु वन्द भएपछि सल्यानमा शिक्षा क्षेत्रमा विगत कृयाशिल गैरसरकारी संस्था रुम टु रीड र दलित विकास समाज सल्यानले विद्यालयका प्रअ तथा शिक्षक हरु सँगको छलफल पछि यो अवधारणा अगाडी ल्याएको हो ।
यस कार्यक्रममा सल्यान जिल्लामा साक्षरता कार्यक्रम संचालन भएका ५४ विद्यालयका कक्षा एक र दुईमा नेपाली भाषा पढाउने करीव एकसय जना शिक्षकहरु यस कार्यमा सहभागी हुनुभएको छ ।
वन्दावन्दिले विद्यालयहरु वन्द भएको यस अवस्थामा शिक्षकरु वालवालीका माझ जोडिन पाउनु र वालवालीका लाई फोन वाटै उनीहरुको पठनपाठन र अवस्थाका वारेमा जानकारी राख्ने र सिक्ने सिकाउने अभियान सुरु हुनुले वालवालीकालाई वैकल्पिक माध्याम वाट भएनी पढने वानीका लागी प्रोत्सान गर्ने राम्रो अवसर प्राप्त भएको शिवजन माविका प्रअ हिरालाल नेपाली वताउनुहुन्छ ।
यस कार्यक्रमले लामो समय विद्यालय आउन नपाएका वालवालीका हरुलाई फोन मार्फत नै विद्यालय तथा शिक्षक सँग जोडिन मद्धत पुरयाएको स्वयं फोन शिक्षामा संलग्न प्रावि क्युरेनीका शिक्षक पार्वती वुढा वताउनु हुन्छ । उहाँ थप्नुहुन्छ “हामी आफैपनी के गरौ भन्ने भईरहेको वेला सुरु गरीएको यो अवधारणले हामी शिक्षकहरुलाई आफना विद्यार्थीमाझ पुग्न सजिलो माध्याम भएको छ” ।
यसले विद्यार्थीको शैक्षिक तथा मनोवैज्ञानीक तहमा सकारात्मक प्रभाव पार्ने उहाँले वताउनु भएको छ । घरमा वसिरहेका वालवालीकाहरुलाई यसरी फोन मार्फत नैै भएपनी सिकाई कृयाकलापमा सहजीकरण गर्ने कुराले आम वालवालीका हरुका लागी सुखद अवसर रहेको र उनीहरुको पढन पाउने अधिकार समेत लाई यस कार्यक्रमले मद्धत गरीरहेको हुदा यो अवधारणाका लागी त्रिवेणि गाँउपालिका शिक्षा शाखा प्रमुख गणेश आचायले आफुले सक्ने सहयोग गर्ने वताउनु भएको छ ।
वन्दावन्दिको अवस्थामा सुरु गरीएको यो अभियान विद्यालय संचालन नहुदा सम्म संचालन हुने रुम टु रीड का कार्यक्रम अधिकृत वावुराम पोख्रेल वताउनु हुन्छ ।
यस अन्र्तगत शिक्षक तथा साक्षरता कार्यक्रममा कार्यरत साक्षरता सहजकर्ताहरुले अविभावकहरु लाई फोन सम्पर्क गरी उहँ हरुको वालवालीका हरुसँग प्रत्यक्ष कुराकानी गर्ने, नियमित मुल्याँकन अन्र्तगत गरीएको कक्षागत मुल्याँकनमा नानीवावुहरुलाई समस्या परेका अक्षर, मात्रा तथा शव्दहरुको वारेमा वुझाउने तथा सल्यानका स्थानीय एफएम स्टेशन वाट प्रशारण हुदै आएको रेडियो स्कुल कार्यक्रम सुन्न र सहभागी हुन पनी प्रोत्सान गरीरहनु भएको छ ।
प्रतिकृया दिनुहोस्