March 16, 2025, Sunday
२०८१ चैत्र ३, सोमबार
यी हुन मुसिकोट नगरपालिकाले १८ लाखमा किनेका बाख्रा, किसानले गरे अस्वीकार ( फोटो फिचर )

यी हुन मुसिकोट नगरपालिकाले १८ लाखमा किनेका बाख्रा, किसानले गरे अस्वीकार ( फोटो फिचर )

जेठ २८, रुकुम पश्चिम । बाख्रापालनका लागि किसानलाई वितरण गर्ने भनी ल्याइएका बाख्रा किसानहरूले नै लिन अस्वीकार गरेका छन् । वितरणका लागि ल्याइएका बाख्रा मापदण्ड विपरीतका भएपछि जिल्लाको मुसिकोट नगरपालिकाले फिर्ता गरिदिएको छ ।

आर्थिक वर्ष २०७७∕०७८ मा नगरपालिकाका किसानलाई वितरण गर्न ल्याइएकामध्ये २६ वटा बाख्रा फिर्ता गरिएको नगरपालिकाले जनाएको छ । बाख्रा खरिदका लागि गरिएको टेन्डरअनुसार सम्झौता गरेको ठेकेदार कम्पनीले ल्याएका बाख्रा पालनयोग्य तथा उत्पादनयोग्य नभएका र किसानले समेत लिन अस्वीकार गरेकाले फिर्ता पठाइएको मुसिकोट नगरपालिकाले बताएको छ ।

सङ्घीय सरकार र मुसिकोट नगरपालिकाको साझेदारीमा किसानलाई व्यावसायिक बनाएर आर्थिक उत्पादनमा जोड्ने उद्देश्यले बाख्रापालन कार्यक्रम राखिएको थियो । यस वर्ष एक सय ५० वटा बाख्रा वितरणको कार्यक्रम रहेको छ ।

यश क्रममा पहिलो चरणमा ल्याइएकामध्ये ५६ मध्ये २६ वटा बाख्रा कोही साना, कोही बूढो भएका र मापदण्डभित्रका नभएकाले फेरि किसानसँग सहकार्य गरेर ल्याउने गरी ठेकेदारलाई नै फिर्ता गरिएको बताइएको छ ।

बाख्रा खरिद र वितरणका लागि केअरफाम नेपाल प्राली नेपालगञ्जले सम्झौता गरेको थियो । यसका लागि सङ्घीय सरकार र मुसिकोट नगरपालिकाले संयुक्त बजेटबाट १८ लाख ४२ हजार रुपैयाँको टेन्डर आह्वान गरिएको थियो । यसमा बाख्रा खरिद, घाँस, औषधिसमेतकाे व्यवस्थाका लागि बजेट विनियोजन गरिएको थियो ।

नगरपालिकाले टेन्डर गरि ल्याएका ती बाख्राहरू किसानले लिन अस्वीकार गरेका छन् ।

हेर्नुहोस, बाख्राका फोटोहरू :