May 13, 2025, Tuesday
२०८२ बैशाख ३०, मंगलवार
माहामारीको समयमा सल्लीबजारमा खाद्यान्नमा कालाेबजारी, अनुगमन टोली आउदा सबै पसल बन्द

माहामारीको समयमा सल्लीबजारमा खाद्यान्नमा कालाेबजारी, अनुगमन टोली आउदा सबै पसल बन्द

दुर्गा विसि / जेठ, १९ सल्यान । सल्यान पश्चिमको सल्लीबजारमा काेराेना माहामारीको समयमा समेत चरम कालाेबजारी भएको सुचना प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालय सल्यानले बजार अनुगमन गरेका छ ।

बुधबार सहायक सिडिओ थमन खड्काको संयोजकत्वमा जिल्ला बाट गएको अनुगमन टोलीले बजार अनुगमन गरेको हो। तर बजार अनुगमनका क्रममा एक / दुई पसल वाहेक अरु सबै खाद्यान्न पसल बन्द थिए । खाद्यान्न पसल सबै बन्द भेटिए पछि अनुगमन समेत प्रभाकारी भएन ।

काेराेना माहामारीमा यहाँका सर्वसाधारण नागरिक निकै ठगिएको बताउँदै अाएका छन् । खानेतेल, चामल, दाल, तरकारी, फलफूल र अन्य खाद्यान्नहरुकाे चरम मुल्य वृद्धि गरिएको छ । माहामारीमा धेरै ठाउँमा मानविय सेवा समेत दिने गरिएको देखिन्छ तर यहाँ भने व्यापारीले निमुखा नागरिक माथि सधै अफ्ट्यारो परिस्थितिमा मुल्यवृद्धी गरेर ढाड सकिरहेका छन् ।

तर व्यापारीहरूले भने कम्पनीबाटै हरेक सामानकाे मुल्य अाकासिएकाले मूल्य वढाएरै समान विक्रीवितरण गर्नु परेको अाफुहरुकाे वाध्याता रहेको जनाउने गरेको छन् । सबै भन्दा बढी मूल्य खानेतेलमा वढाइएको छ । यतिखेर बजारमा खानेचिजहरु छाेइ नसक्नु छ ।

जिल्लाकाे अनुगमन टाेली अाएको सुइँको थाहा पाएपछि यहाँका व्यापारीले पसल विहानै देखि खाेलेका थिएनन । सबै खाद्यान्न पसल बन्दै नै भएकोले जिल्ला प्रशासन कार्यलयको टाेली बन्द पसलहरु टुलुटुलु हेरेर फर्केको छ ।

सह्याक सिडियाे थमान खड्का, उद्योग तथा उपभोक्त हित संरक्षण कार्यालयका प्रमुख नृप जंग शाहि, धुर्व खत्री, दलवहादुर गिरी, उद्योग वाणिाज्य संघ सल्लीबजारका सदस्य जयकृष्ण शर्मा र ईलाका प्रहरी कार्यालयको टाेलीले बजार अनुगमन गरेको थियोे । उनिहरूले याे माहामारीमा नागरिकलाई नभएको आर्थिक चपेटामा नपार्ने अनुराेध समेत गरेको छन ।

सहि मुल्यमा खाद्य सामग्री वेचविखन गर्न र अटेरीपना देखाएको पाइएमा उजुरीका अाधारमा छानबिन गरि कारवाहि गर्ने समेत जनाइएको छ । लकडाउन हुने हल्लाले पहिल्यै यहाँका व्यापारीले समानकाे मुल्य वृद्धि गरिसकेका थिए । नागरिक ठगिदा समेत स्थानीय तहले समेत यस तर्फ कुनै वास्ता देखाएको छैन।