यी ५ पार्टस परिक्षण गरेर मात्रै मोटरसाइकलमा लामो यात्रामा निस्किनुहोस
माघ २८, काठमाडौं । मोटरसाइकलमा छोटो तथा लामो यात्रा गर्न चाहने युवाहरु दिनानुदिन बढ्दो क्रममा छन् । नेपालको भौगोलिक बनावटका कारण पनि मोटरसाइकलको यात्रा गर्न रोमोन्चक रहेको विदेशी भ्लगरहरुले आफ्नो यात्रा संस्मरणमा उल्लेख गर्ने गरेका छन् ।
नेपालमा जाडोयाममा मोटरसाइकल लिएर घुम्न निस्कनेको संख्या कम नै रहेको पाइन्छ । फाल्गुन लाग्नै लाग्दा लामो यात्रामा निस्कने योजना बनाउँदै हुनुहुन्छ भने मोटरसाइकलका धेरै पार्टस् घरमा नै चेक जाँच तथा परिर्वतन गर्न सकिन्छ ।
प्रविधिको प्रयोग तथा नयाँ–नयाँ टेक्नोलोजिका कारण आजकल मोटरसाइकलहरु लामो समयसम्म सर्भिस गर्नु नपर्ने तथा इन्जिन आयलको गुणस्तरका कारण ५ हजार किलोमिटरसम्म परिर्वतन गर्नु नपर्ने भएको छ । यस्तोमा तपाईको मोटरसाइकल सर्भिस गर्ने बेला भएको छैन भने, यात्रामा निस्कनु अघि घरमा नै निम्न पार्टसको आफैँले चेकजाँच तथा परिर्वतन गर्न सकिन्छ ।
१. इन्जिन आयल/फिल्टर
मोटरसाइकल अनुसार यसको इन्जिन आयल परिर्वतन गर्ने समय फरक हुन्छ । यस्तोमा कुनै समय चाँडै सर्भिसिङ गर्नु पर्नेपनि हुनसक्छ । मोटरसाइकलको इन्जिन आयल तथा आयल फिल्टर घरमा नै चेक गर्न सकिन्छ । मोटरसाइकलमा रहेको टुलकिटको प्रयोग गरेर इन्जिनमा रहेको क्याकलाई खोलेर इन्जिन आयलको अबस्था चेक गर्नु पर्छ ।
अबस्था अनुसार इन्जिन आयल बदल्नु पर्नेभए आयल फिल्टर समेत बदल्नु राम्रो हुन्छ । इन्जिन आयल हाल्ने ठाउँसगै फिल्टर रहेको हुन्छ । सामान्य रुपमा नै फिल्टर बदल्न सकिन्छ । यात्रामा निस्कनु अघि यसको अवस्था राम्रोसँग परिक्षण गर्नु पर्छ ।
२. एयर फिल्टर
मोटरसाइकलमा सामान्य रुपमा नै चेक गर्न सकिने पार्टस् हो एयर फिल्टर । एयर फिल्टर मोटरसाइकल अनुसार विभिन्न स्थानमा हुने गर्छ । धेरै जसो मोटरसाइकलको सिटको मुनी यसलाई राखिएको हुन्छ । कतिपय मोटरसाइकलमा सिटभन्दा तल फुटपेगभन्दा केहि माथिको भागमा यसलाई राखिएको हुन्छ । सामान्य टुलकिटको प्रयोग गरेर एयर फिल्टर चेक गर्न सकिन्छ ।
कतिपय अबस्थमा मोटरसाइकलको एयर फिल्टरलाई पेट्रोलले सफा गर्दा काम गर्न सक्ने हुन्छ । तर लामो यात्राको तयारी गर्दा एयर फिल्टर परिर्वतन गरेर जाँदा उपयुक्त हुन्छ । परिवर्तन नर्गने हो भने एउटा जगेडा लिएर जाँदा आवश्यक परेको खण्डमा आफैँ परिवर्तन गर्न सकिन्छ ।
३. स्पार्क प्लग
स्पार्क प्लग पनि सामान्य तरिकामा नै परिक्षण तथा परिर्वतन गर्न सकिने पार्टस हो । स्पार्क प्लगले इन्जिन स्र्टाट गर्दा कम्बस्चन प्रोसेसमा फायरिङ गर्ने काम गर्छ । स्पार्क प्लग इन्जिनको केहि भित्र भागमा रहेको हुन्छ । यसलाई टुलकिटमा आउने औजारको साहायताले निकाल्न सकिन्छ । स्पार्क प्लगको टुप्पोमा धेरै कालो जमेको छ भने यसलाई परिर्वतन गर्नु पर्छ ।
४. ड्राइभ चेन
मोटरसाइकलको चेन सजिलै आफैले सफा गर्न सकिन्छ । यसलाई सफा गर्न कुनै पार्टस् खोल्नु पनि पर्दैन । मोटरसाइकललाई डबल स्यान्डमा लगाएर स्टार्ट गरेर १ गियरमा राखेर पेट्रोलले सफा गर्न सकिन्छ । यसरी सफा गरेर गुणस्तरीय स्प्रे प्रयोग गर्न सकिन्छ ।
यसका अलावा इन्जिन आयलको समेत प्रयोग गरेर चेन सफा गर्न सकिन्छ । तर, धेरैजसो विज्ञले चेन सफा गर्दा ग्रिज प्रयोग गर्नु हानिकारक हुने बताएका छन् । ग्रिजको प्रयोगले फोहोर सजिलै जम्मा हुने तथा चेनको पकड कमजोर हुन्छ ।
५. इन्जिन स्पीड
लामो समयसम्म एडजष्ट नगर्दा वा चेक नगर्दा इन्जिन स्पीड बढन सक्छ । यसलाई हामी इन्स्टुमेन्ट कन्सोलमा रहेको आरपीएम इन्डिकेटरमा हेर्न सक्छौं । मोटरसाइकललाई न्युट्रलमा राखेर स्र्टाट गर्ने । यसरी स्टार्ट गरेर राख्दा आरपीम मिटर ५ लाइनभन्दा माथि जाने तथा इन्जिनबाट ठुलो आवाज आउने भएमा इन्जिन स्पीड बढेको हुन सक्छ । यस्तो भएमा काव्रुरेटरको साइडमा रहेको स्पीड एडजष्टरको मद्दतले स्पीड कम गर्न सकिन्छ ।
सामान्य रुपमा यी पार्टस् लाई चालकले घरमा नै चेक जाँच गर्न सक्छन् । यसका अलावा लामो यात्राको तयारी गर्दा क्लच, एयर प्रेसर, कुलिन आयल, डिस्क प्याड जस्ता पार्टस् चेक गरेर निस्कनु पर्छ । यति गर्दा बीच बाटोमा समस्या हुने संम्भावना कम हुन्छ । अन्त्यमा जहिल्यै लामो यात्रामा निस्कदा मेकानिकको सम्पर्क नम्वर लिएर हिड्दा केहि समस्या भए फोनबाटै निर्देशअनुसार बनाउन सकिन्छ ।
स्रोत : मेरो अटो
प्रतिकृया दिनुहोस्