June 16, 2026, Tuesday
२०८३ असार २, मंगलवार
सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसन लुम्बिनी प्रदेशको अध्यक्षमा रोल्पाका ओली चयन

सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसन लुम्बिनी प्रदेशको अध्यक्षमा रोल्पाका ओली चयन

माघ १३, सल्यान । सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसन लुम्बिनी प्रदेशको अध्यक्षमा राेल्पाका तेज विक्रम ओली चयन भएका छन् । ओली राेल्पा गंगादेव गाउँपालिका ३ लाेरीबैनी स्थित सहिद दुर्गे ओलीका छाेरा हुन् ।

साेमबार बसेकाे फाउण्डेसनकाे कार्यसमितीकाे बैठकले ओलीकाे नेतृत्वमा ११ जना पछि थप्नेगरी ३० सदस्यीय तदर्थ लुम्बिनी प्रदेश कमिटी गठन गरेकाे हाे । जसकाे उपाध्यक्षमा एमेसन चाैधरी, सचिव रुक्सना मिया, सहसचिव कमल घर्तीमगर र काेषाध्यक्ष निशान बुढा रहेका छन् ।

सहिदहरुकाे सम्मान गर्दै जनयुद्व र जनआन्दाेलनमा ज्यान गुमाउने सहिद र वेपत्ताहरुका परिवारलाइ सम्मान, सन्ततिहरुलाइ शिक्षा, राेजगारी तथा स्वास्थ्यका अवसर उपलब्ध गराउनुपर्ने आवश्यकताहरुलाइ महसुस गर्दै सहिद तथा वेपत्ता याेद्धा सन्तती फाउन्डेसन गतवर्ष स्थापना गरेकाे फाउन्डेसनले जनाएकाे छ ।