December 1, 2023, Friday
२०८० मंसिर १५, शुक्रबार
लुम्बिनी – रारा द्रुत मार्गको सल्यान खण्ड निर्माण कार्यको सांसद बस्नेत द्वारा अनुगमन

लुम्बिनी – रारा द्रुत मार्गको सल्यान खण्ड निर्माण कार्यको सांसद बस्नेत द्वारा अनुगमन

असोज १५ सल्यान । संघीय सांसद, पुर्व सामान्य प्रशासन मंत्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सल्यानका इन्चार्ज माननीय टेक बहादुर बस्नेतले लुम्बिनी – रारा द्रुत मार्गको सल्यान खण्ड अन्तर्गत निर्माण कार्यको अनुगमन गर्नु भएको छ ।

बुधबार, सांसद बस्नेतले लुम्बिनी- रारा द्रुत मार्गको सल्यान खण्ड अन्तरगतको चाखलिघाट, कुमाख, जिमाली, रागेचौर अन्तरगत निर्माण कार्यको अनुगमन गर्नु भएको हो ।

अनुगमनको क्रममा चाख्लिघाट खण्ड अन्तरगत ४ किलोमिटर र जिमाली त्रिबेणी खण्ड अन्तरगत १ किलोमिटर निर्माण कार्य सम्पन्न भएको पाइएको छ ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयबाट रकमान्तर भई विनियोजित दुई करोडको रकम मध्यबाट सडक निर्माण कार्य अगाडि बढिरहेको छ ।

सडकको चौडाई ८ मिटर रहेको छ ।