September 21, 2026, Monday
२०८३ आश्विन ५, सोमबार
सल्यानमा जङ्गली जनावरले क्षति पुर्‍याएका किसानहरुलाई राहत वितरण

सल्यानमा जङ्गली जनावरले क्षति पुर्‍याएका किसानहरुलाई राहत वितरण

सल्यान, २३ पौष

सल्यानमा जङ्गली जनावरले क्षति पुर्‍याएका किसानहरुलाई राहत वितरण  गरिएको छ ।

डिभिजन वन कार्यालय सल्यानले जङ्गली जनावरले बालीनालीमा क्षति पुर्‍याएको तथा पशु चौपाया मार्दा पीडित भएका ७९ जना किसानलाई क्षतिपूर्ति स्वरूप राहत वितरण गरेको हो ।

जिल्लाको कालीमाटी गाउँपालिका , छत्रेश्वरी गाउँपालिका कपुरकोट गाउँपालिका र शारदा नगरपालिकाका किसानलाई राहत वितरण गरिएको डिभिजन वन कार्यालय सल्यानका प्रमुख टेकबहादुर रावलले बताए ।

उहाँका अनुसार चार पालिकाका ७८ जना किसानलाई ५ हजारका दरले ३ लाख ९० हजार र बाघले १० बाख्रा मारेका कालीमाटी गाउँपालिका- ७ का एक किसानलाई १ लाख गरी ७९ जनालाई ४ लाख ९० हजारको राहत वितरण गरिएको हो ।

सरकारले गत वर्षदेखि जङ्गली जनावरले बालीनाली क्षति पुर्‍याएको र पशु चौपाया मारेको किसानलाई राहत दिने कार्यक्रम अनुसार नै वितरण गरिएको कार्यालय प्रमुख रावलले बताउनु भयो ।

जिल्लाका १ सय ११ किसानले जङ्गली जनावरले बालीनाली क्षति पुर्‍याएको र पशु चौपाया मारेको भन्दै राहतका लागि निवेदन पेश गरेका थिए ।

निवेदन दिएका मध्ये ३२ जनाको विवरण केन्द्रमा पठाएको र केही दिनभित्र नै उनीहरूलाई पनि राहत वितरण गरिने कार्यालय प्रमुख रावलले बताए ।

पछिल्लो चरणमा जिल्लामा बढ्दै गएको जङ्गली जनावरको आतंकले किसानहरु प्रभावित हुँदै आएका छन्