September 21, 2026, Monday
२०८३ आश्विन ६, मंगलवार
अर्घाखाँचीमा कार दुर्घटना हुँदा २ जना बेपत्ता

अर्घाखाँचीमा कार दुर्घटना हुँदा २ जना बेपत्ता

अर्घाखाँचीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुदाँ दुई जना बेपत्ता भएका छन् । सन्धिखर्क नगरपालिका ११ ढुङ्गेदेउरालीमा मालारानी गाउँपालिका खनदहदेखि सन्धिखर्कतर्फ आउँदै गरेको एचआर ५५ एयू ८७९३ नम्बरको कार दुर्घटना हुँदा दुई जना बेपत्ता भएका हुन्।

सडकबाट करिब आठ सय मिटर तल कार भेटिए पनि त्यसमा सवार दुई जनाको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

प्रहरीका अनुसार कारमा सवार चालक र सहचालक भेटिएका छैनन्। कार पूर्ण रुपमा क्षतविक्षत भएको छ।

प्रहरीले खोजीकार्य जारी राखेको छ। दुर्घटनास्थल निकै अप्ठेरो रहेकाले उद्वार र खोजी कार्य गर्न असहज भइरहेको प्रहरीको भनाइ छ।