January 18, 2026, Sunday
२०८२ माघ ५, आईतवार
कृष्णबहादुर महराका छोरा राहुल १४ महिनामा थुना मुक्त

कृष्णबहादुर महराका छोरा राहुल १४ महिनामा थुना मुक्त

सुन तस्करी प्रकरणमा दोषी ठहर भएका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा थुनामुक्त भएका छन् । राहुल १४ महिना कैद भुक्तान गरेर थुनामुक्त भएका हुन् । गत २०८० भदौमा पक्राउ परेका महरालाई काठमाडौं जिल्ला अदालतले दोषी ठहर गर्दै १४ महिना कैद सजाय सुनाएको थियो ।

गत २०७९ मा दुबईबाट भेपमा लुकाएर भएको सुन तस्करीमा उनको संलग्नता पुष्टि भएको थियो ।