October 28, 2026, Wednesday
२०८३ कार्तिक १२, बुधबार
दाउरा खोज्दै गर्दा महाकालीमा दुई किशोर बगे

दाउरा खोज्दै गर्दा महाकालीमा दुई किशोर बगे

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा दुई किशोर बगेका छन् । महाकाली नदीबाट दाउरा संकलन गर्ने क्रममा दुई किशोर बगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इश्वर थापाले जानकारी दिए।

उनका अनुसार आज दिउँसो भीमदत्त–१२ का १८ वर्षीय सौरभ दमाइ र सोही ठाउँका १५ वर्षीय अबि दमाइ दाउरा सङ्कलन गर्ने क्रममा महाकाली नदीमा बगेका छन्। तीमध्ये सौरभको शव फेला परेको छ। दोधारा चाँदनी झोलुंगे पुल नजिक महाकाली किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ।

महाकालीमा बगेका अर्का किशोर अबिको अवस्था अज्ञात छ। स्थानीय र सुरक्षाकर्मीले उनको खोजी गरिरहेका छन् । लगातारको वर्षापछि महाकालीमा पानीको बहाब बढी भएकाले नदीको किनारै किनार किशोरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।