June 18, 2026, Thursday
२०८३ असार ४, बिहीबार
१६ वर्ष उडान गरेपछि नेपाली आकाश बाट बिदा भयो बुद्ध एयरकाे एटिआर ४२ (नाइन एन एआइएन)जहाज

१६ वर्ष उडान गरेपछि नेपाली आकाश बाट बिदा भयो बुद्ध एयरकाे एटिआर ४२ (नाइन एन एआइएन)जहाज

नेपाली आकाशमा १६ वर्ष उडान गरकाे बुद्ध एयरकाे एटिआर ४२ (नाइन एन एआइएन)जहाजले मंगलबारबाट उडान बन्द गरेकाे छ। ७० हजार साइकल पूरा गरेपछि व्यवसायिक उडान गर्न नपाइने एटिआरको नियमअनुसार यो जहाजलाई मंगलबार बाट उडाउन बन्द गरिएको हो।

सन् २००८ सेप्टेम्बर १७ मा माउन्टेन फ्लाइटबाट व्यवसायिक उडान सुरु गरेको उक्त जहाजले मंगलबार बिहान अन्तिम माउन्टेन फ्लाइट गरेरे बुद्ध एयरले बिदाइ गरेकाे हाे।

नेपालमा मात्र यो जहाजले ४० हजार साइकल उडान गरेर १८ लाख यात्रुलाई सेवा दिएको छ। ४७ सिट क्षमताको यो जहाज सन् १९९७ डिसेम्बर २८ बाट उड्न थालेको थियो।

उक्त जहाजलाई बुद्ध एयरका कर्मचारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वाटर स्यालुटसहित बिदाइ गरेका हुन्।

जहाज उडाउन बन्द गरेर ह्यांगरमा राखिएको छ। बुद्ध एयरका अनुसार यो एटिआर कम्पनीले उत्पादन गरेको जहाजमध्ये ७० हजार साइकल पूरा गरी बिदा हुने पहिलो जहाज बनेको छ।