October 5, 2024, Saturday
२०८१ आश्विन १९, शनिबार
आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई पोशाक वितरण

आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई पोशाक वितरण

दुर्गा विसि – सल्यान ।

ल्यानकाे बनगाड कुपिण्डे नगरपालिका वडा नं १२ काे दुरुमखाेलामा रहेको गोब्राही प्रा.बिका करिव ४५ विद्यार्थीलाई पाेशाकसँगै स्टेसनरी सामग्री वितरण गरिएको छ ।

विद्यार्थीहरुमा पाेषाक किन्न नसक्ने अवस्थाले बिधालय पोसाक नै नलाएर स्कुल पढ्न आउने गरेको खबर थाहा पाएपछि बनगाड क्याम्पस प्रमुख गणेश चन्द साेहि क्याम्पसका सह प्रध्यापक विरेन्द्र शाहीको पहल र आर्थिक सहयोगमा त्यहाँका ४५ विद्यार्थीलाई शुक्रबार पाेषाकसँगै स्टेसनरी सामग्री वितरण गरिएको हो । विद्यार्थीलाई जागरुक बनाउन पढाइमा नियमित हुन सहयोग हुने उद्देश्यले पोशाक वितरण गरिएको बताइएको छ ।

पोशाक वितरण कार्यक्रममा बनगाड क्याम्पसका स-प्राध्यापक वीरेन्द्र शाही गोब्रही प्राविमा पुगेर वितरण गरेको शिक्षक हुर्मत वि.क.ले जानकारी दिनुभयो । याे कार्यमा बि.कको समेत सहयोग रहेको जनाएको छ । संयुक्त लगानीमा पाेशाक सहयोग गरिएको उहाँको भनाइ छ । किताब पढेर मात्र हुदैन पोशाक पनि एक गहनाको रूपमा रहने भएकाले अब नियमित पोशाक लगाएर बिद्यालयमा आउन बिद्यार्थीहरुलाइ सहज हुने उहाँले बताउनुभयो ।

आर्थिक अवस्था अत्यन्तै कमजोर भएका बिधालयका केही बालबालिकाहरुलाइ उक्त पोशाक वितरण गरिएको हो । आर्थिक अवस्था कमजोर हुदा बिद्यालयमा पाेशाक, स्टेसनरी सामग्री समेत किन्न हम्मे हम्मे हुने अभिभावकलाई यसले टेवा पुर्याउने जनाएको छ ।

नगरकाे अत्यन्तै विकट यस्ता अन्य बस्तीमापनि स्वास्थ्य, शिक्षा, खानेपानी, बत्ती र सडककाे पहुँच विहिन नागरिक आफ्ना वालवालिकालाइ स्कुलले सामग्री समेत जुटाउन सक्ने अवस्थाबाट विमुख छन् ।

दुर्गम बस्तीमा गएर सामाजिक सेवा र सहयोग गर्ने ब्यक्तिहरुप्रति विद्यालय परिवारले धन्यवाद समेत दिएको छ । पाेषाक वितरण कार्यक्रम प्रमुख अतिथि वडा अध्यक्ष लालबहादुर घर्तीले आफ्नो विकट टोलमा पोशाक वितरण गरेर सहयोग गरिदिएकोमा धन्यवाद दिदै यसलाई सहि सदुपयोग गर्न अभिभावकहरुलाई अनुरोध गर्नु भएको छ ।

उहाँले पोशाक वितरणले शिक्षा, स्वास्थ्य र त्यस ठाउँको चेतनास्तरलाइ अगाडि बढाउनको लागि सहयोग समेत गर्ने बताउनु भयो । अब हामिले शिक्षामा सुधार गरेर मात्र अन्य क्षेत्रको विकास हुने भएकाले शिक्षाको गुणस्तरीयता जोड दिनुपर्ने, शिक्षकलाई मात्र गाली गर्नु भन्दा बालबालिका प्रमुख जिम्मेवारी अभिभावकको हुनेभएकाले त्यस तर्फ ध्यान दिन समेत आग्रह गर्नुभयो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज