July 27, 2026, Monday
२०८३ श्रावण ११, सोमबार
सल्यानमा २ गोरु मार्ने पाटे बाघ नियन्त्रणमा

सल्यानमा २ गोरु मार्ने पाटे बाघ नियन्त्रणमा

भदौ १, सल्यान । सल्यानको कालिमाटी गाउँपालिका ७, बाटुले बाट एउटा पाटेबाघ नियन्त्रणमा लिईएको छ । बुधबार बिहान नेपाली सेना र बर्दिया राष्ट्रिय निकुञ्जको बाघ नियन्त्रण टोलीको सहयोगमा पाटे बाघ नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

उक्त पाटे बाघले बुधबार विहान स्थानिय तुल्सिकुमारी घर्तिको घरबाट अन्दाजी १५० मिटर पश्चिममा रहेको गोठमा बाँधेको ३ मध्ये २ गोरु मारेको र एउटालाई घाईते बनाएको थियो ।

गोठ बाट अन्दाजी २०० मिटर पश्चिम खोल्समा रहेको बाँसघारीमा आराम गरिरहेको अवस्थामा डाटको प्रयोग गरि फायर गरि पाटेबाघलाई वेहोस बनाई नियन्त्रणमा लिई पिकअप मार्फत बाँके राष्ट्रिय निकुञ्जको रेस्क्यू सेन्टर बाँके तर्फ पठाईएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख (डिएसपि) सुमित खड्काले बताए ।