कविता -परिवर्तन गरिएको मेरो ठेगाना
कविता -परिवर्तन गरिएको मेरो ठेगाना
बाले सधै सुन्ने रेडियोमा
बलात्कारका घटना बढिरहेका बेला
ढुकढुक गर्ने तिम्रो धड्कनको गति थाम्न,
तिम्रो सपना पुरा गर्ने
मेरो म जान्ने हुदाँदेखि नै देखिका सपना पुरा गर्न
परिबर्तन गरेको मेरा ठेगाना
तिम्रा फुटेका कुर्कुचाको औषधि किन्न सक्ने बन्न
भाइको लागि राम्रो स्कुलमा पढाउने सपना पुरा गर्न
र हजुरआमाको छाति
ढकमक्क फुलाउनलाई ईज्जतदार
अनि सम्पन्न बन्न
भविष्यसंग जोडिएका सपना,
अनि सपनासंग जोडिएको जिन्दगि
चम्किीलो बनाउन
म आफू आफैसँग सन्तुष्ट बन्न,
परिबर्तन गरिएको मेरो ठेगाना
हजुरलाई थाहा छ आमा ?
म बस्ने ठाउँको बाताबरण
आशुँका रापमा उभिएर
जल्नै लाग्दापनि नपलाउने यो सहरको मन ,
भोक्कै तिर्खै निरन्तर परिस्थितीको दासी हुँदै
निरन्तर गुलामि गरीरहनुको पिडा
धर्तीबाट, एक मुठी माटो हातमा लिएर
म सानो छँदा कसैको दासि बन्दिन है भन्दै गरेको बाचा,
र फेरि, अहिले आएर
योग्यता र क्षमता भएर पनि
उपयुत्त जागिर नपाउदाँको छटपटाहट ।
आमा ! तिम्रो खुशीमा अझ धेरै खुशी थप्न
त्यो खुशीको सोपान चढ्न
अस्तिमात्र, परिबर्तन गरिएको मेरो ठेगाना
म हजुरले भनेको जस्तै भएनी आमा भन्दै
मुस्कुराउदैँ घरभित्र छिर्ने रहर पुरा गर्न ।
मेरो मुहारको पुरै खुशी थपक्कै टिपेर
हजुरको अनुहारमा ल्याउन
बाध्यताले मन नलागि नलागि
परिबर्तन गरिएको मेरो ठेगाना।
©मिना खड्का
सल्यान
प्रतिकृया दिनुहोस्