May 17, 2025, Saturday
२०८२ जेष्ठ ४, शनिबार
गजल-जिन्दगी बग्नु पर्ने सलल खोला जस्तो

गजल-जिन्दगी बग्नु पर्ने सलल खोला जस्तो

गजल

जिन्दगी बग्नुपर्ने सलल खोला जस्तो
भैदियो जिन्दगी पुरानो झोला जस्तो

तिमिले त आफैलाई यसरी प्रचार गर्यौ
पेप्सीकोला जस्तो कोलाकोला जस्तो

यो देशमा कोहि जन्मदै राजा बन्छन
धेरैको जीवन छ पशुकै चोला जस्तो

अरे,बेच्नेले नैतिकता यसरी बेच्दिन्छन
जस्तो कि समोसा मम र छोला जस्तो

©भुमप्रकाश भण्डारी ‘भुपिन’

सल्यान