सैलेन्द्र खनालका ५ हाइकु
माघ १०, सल्यान । नयाँ दृष्टिको साहित्य विशेषमा महिनाको प्रत्येक हप्ता विभिन्न साहित्यिक सामाग्रीहरू प्रस्तुत गर्ने गरेका छौं । यो हप्ता नयाँ दृष्टिमा हामीले हाइकुहरू प्रस्तुत गरेका छौं ।
कम शब्दमानै धेरै भाव प्रकट गर्ने विशेषता बोकेको हाइकु जापानी शैलीको कविता हो। पुर्वी एशियाली साहित्यको बिश्व साहित्यलाई उदाहरणिय योगदानको रुपमा हाइकु र सिजो लाई लिइन्छ।
हाईकु पुर्णरुपमा शास्त्रीय संरचनामा बाँधिएको हुन्छ। पहिलो हरफमा पाँच अक्षर, दोस्रो हरफमा सात अक्षर र तेस्रो हरफमा पाँच अक्षरमा हाइकु लेखिन्छ।
आउनुहोस, आज काठमाण्डौंका हाइकुकारका सैलेन्द्र खनाल ५ हाइकु पढौं…
१.
शान्ती रोईछ
रत मैले दुबोमा
शीत भेटाए।
२.
पिर नगर्नु
मरेपछि लासले
झन्डा ओढ्नेछ।
३.
गाउँ रित्तै छ
मुग्लान भासिएछन्
गाउँलेहरु।
४.
देश दुब्लो छ
त के भो नेताहरु
मोटाएकै छ्न् ।
५.
निन्द्रा परेन
दाग देखेर एक्लै
सेतो तन्नामा।







प्रतिकृया दिनुहोस्