म त भन्छु आईस र ठिकै गरिस कोरोना
• नेत्रलाल श्रेष्ठ
मान्छेहरु खेत भत्काएर शहर बसाउने कुरा गर्छन ,
मान्छेहरु निर्मल खोलाहरुलाई ढलमा परिणत गर्ने योजना बुन्छन ।
अझै चेत खुलेको छैन कि मान्छेहरु !
जङ्गल सल्काएर आगो ताप्ने कुरा गर्छन ।
अझै स्वप्नदोषमै छन कि मान्छेहरु
घरमा आगो लगाएर खरानी बेच्ने योजना बुन्छन ।
आजसम्म कति नदि र खोलाहरु
आफ्नो अस्तित्वको लडाईमा हुन्थ्ये ,
कति पहाडका हरियालीहरु
द्रौपतीका लाज छोप्ने बस्त्र बन्थ्ये।
म त भन्छु आईस र ठिकै गरिस कोरोना !
त आइस र त अब हाम्रा गाउहरु गुल्जार बन्छ कि ,
त आईस र त उजाड घरबारी र खेतहरु
रमाई लाग्दा फुलबारी बन्छ कि !
बिकृतिको तुवालोमा
नौलो बिहानीको किरण बन्छ कि !
दुषित आयातित काला बादल
अब निर्मल आकासमा परिणत हुन्छ कि !
आऔ अब गाउ फर्कौ
र गाउलाई शहर होइन
सुन्दर र मनोरम यो धर्तिको स्वर्ग बनाऔ ,
आऔ अब गाउ फर्कौ र गाउलाई
समुन्नत समृध्द आफ्नो सुबास बनाऔ ।
लालीगुरास फुल्ने पहाड गाउमै छ
लालुपाते फुल्ने बस्ती गाउमै छ ,
तरकारी र फलफूल फल्ने बारी गाउमै छ ,
गहू धान फल्ने खेत गाउमै छ ।
यति धेरै सम्भावना र अबसर बोकेको
निर्मल हावा र पानीका मुहान गाउमै छ ।
अब गाउ भत्काएर शहर होइन
समुन्नत गाउको बिकास गरौ ,
गाउबाट नै राष्ट्रीय समृध्दिको
फराकिलो राजमार्गको निर्माण गरौ।
खेत र बारीमा भवन होइन
हिरा मोती झुल्ने फूलबारी बनाऔ ।
हिजोका दिनमा ती पसिनाहरु
प्रिय, सुबासना र सुगन्धित थियो ,
त्यो पसिना देशको
अर्थतन्त्र धान्ने बज्र मेरुदण्ड थियो ।
अहिले त्यहि पसिनामा
दुर्गन्ध र दुषित देख्छन ,
आफ्नो माटोमा पोखिन्छु भन्दा
ढोकामा तालाबन्दी गर्छन ।
रुदै , भोकै , प्यासै !
लत्रदै घर्सदै कोसौ कोसको दर्दनाहक यात्रा प्रति
समबेदना होइन कार्नेबल देख्छन ।
देश बिदेशबाट आउने आर्तनादमा
नीरो बासुरी बजाई रमाई रहन्छन ।
आऔ अब आफ्नै गाउ फर्कौ ,
अनेकौ अब्यबस्थाका ताला भाचेर
आफ्नै माटोमा धुलाम्य बनौ ,
सुनौलो बिहानीको मूलद्वार सजाउन
आफ्नै माटोमा दस नङ्ग्रा खियाऔ ।
( नोट : २०५६ मा सल्यान क्षेत्र नं २ बाट निर्वाचित पुर्व सांसद नेत्रलाल श्रेष्ठले बिश्व बाताबरण दिवस र कोरोना महामारीका सन्दर्भमा लेखेर आफ्नो फेसबुकमा पोष्ट गर्नु भएको यो कविता आज पनि प्रेरणादायी ठानेर हामीले प्रकाशीत गरेका हौं । कविताको ‘शिर्षक’ पनि हामी आफैले छनौट गरेका हौं । – सम्पादक ।
प्रतिकृया दिनुहोस्