कयौं बा’हरुलाई नमन जस्ले आफु खालि खुट्टा हिडेर सन्तानको चप्पलको ख्याल गरेका छन
मिना खड्का
बुवा म तपाईंको सन्तती
तपाईलाई सम्झेर
श्रद्धाले मेरो शिर झुक्छ
म हजुरको नजरमा अशल बन्न सकु सधैं यसैगरी
मलाई देखेर गर्वले छाति फुलोस हजुरको
हरेकलाई आफ्नो सन्तान सबैभन्दा उत्कृष्ट लाग्छन्
सायद हजुरलाई पनि लाग्दो हो ।
मेरो नजरमा हजुर सधैं महान
मेरो शरिरमा बगेको हजुरको रगत,
कहिल्यै खेर गएको महशुस नहोस
लाग्छ मेरो सरिरमा हजुरको मेहनत र पसिना सञ्चित छ
हजुरको त्यहि पसिनाले मलाई जोश र जागर दिन्छ कि भन्ने लाग्छ ।
मैले पढ्न जानेका अक्षरमा सधैं
अभिभावक,अझै भनौ हजुरलाई देख्दछु।
म सन्तान भएर सन्तान हो भन्न लायक बन्न सकु ।
हरेक वर्षको १ दिन बुवाको मुख हेर्ने दपन पर्छ ,
त्यसपछि सबैका बाहरु देखिन्छन् फेसबुकका वालमा ।
म पनि त्यहीँ समुहको एक सदस्य
तपाईंको तस्बिर आज देखिदो हो सायदै , मैले लिन भ्याएको भए ।
जिवनका थोरैमात्र पल तपाईं सँग बितेका छन
ति पलहरु कम्ती उज्याला छैनन् ।
जो म स्मरण गरिरहन्छु ।
आज मात्रै होइन , सधैं सधैं
ति पलहरुमा तपाईंसँग
एउटा तस्बिर लिन आवस्यक नै लागेन
अहिले त टाढा छु सम्भव पनि भएन ।
जे होस्
तपाईं जस्ता कयौं बाहरुलाई नमन
जस्ले आफु खालि खुट्टा हिडेर सन्तानको
चप्पलको ख्याल गरेका छन ।
उहीँ छोरी

















प्रतिकृया दिनुहोस्