September 21, 2026, Monday
२०८३ आश्विन ६, मंगलवार
ठूलो धोको छ

ठूलो धोको छ

शब्दको डालि डालिबाट
अक्षरको पात पात टिपेर
त्यसको पत्र पत्र छुट्याउदै
हरेक पत्रलाई मायाको धुन ले साधेर
त्यसमा पिरतीको रस मिसाउदै
सम्झनाको डोरोले टन्क्क बेरेर
यादको खाम भित्र हालेर
मेरो प्रियतमलाई एउटा
पिरिम पत्र पठाऊने
ठूलो धोको छ,
ठूलो धोको छ।
– विमर्श प्रधान।