January 13, 2025, Monday
२०८१ पुष २९, सोमबार
सल्यानको बागचौर नगरपालिकामा नि:शुल्क प्लास्टिक सर्जरी छनोट शिविर संचालन हुने

सल्यानको बागचौर नगरपालिकामा नि:शुल्क प्लास्टिक सर्जरी छनोट शिविर संचालन हुने

७ चैत, सल्यान।
सल्यानको बागचौर नगरपालिकाले नि:शुल्क प्लास्टिक सर्जरी छनोट शिविर सेवा संचालन गर्नै भएको छ।

वि.एण्ड.वि अस्पताल काठमाडौ र लायन्स क्लब अफ श्रीनगरको आयोजनामा उक्त शिविर संचालन हुने भएको हो।
शिविरमा ओठ काटिएका (फाटेका),जिब्रो भन्दा माथीको भाग फाटेको , पहिले नै अप्रेशन भएर ओठ र नाक नमिलेको तथा गिजामा र तालुमा प्वाल परेकाहरुका थप उपचार गर्नु पर्ने बिरामीहरुको लागि उक्त छनोट शिविर संचालन हुनेछ।

चैत्र ९ गते संचालन हुने शिविर बागचौर नगरपालिका २ थारमारेको प्राथमिक स्वास्थ केन्द्रमा हुनेछ।

शिविरबाट छनोट बिरामीलाई तथा बिरामीको एक जना कुरुवालाई लाग्ने खर्च नि: शुल्क हुनुको साथै छनोट बिरामीलाई चैत १० गते नै वि.एण्ड वि. अस्पताल काठमाडौमा लगिने बागचौर नगरपालिकाले जनाएको छ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज